पानीमा पोलो
वाटर पोलोे एक प्रतिस्पर्धात्मक खेल हो। यो खेलमा दुई टिम हुन्छन्। यो पानीमा खेलिने खेल हो। यसलाई ‘वाटर रग्बि’ पनि भनिन्छ। यो खेल चार क्वाटरमा खेलिन्छ। यसमा दुई समूहका खेलाडीले बल फालेर एकअर्का टिमविरुद्ध गोल गर्ने प्रयास गर्छन्। जुन टिमको धेरै गोल हुन्छ त्यो टिमले अन्त्यमा खेल जित्छ।
प्रत्येक समूहमा ६ जना फिल्ड खेलाडी र एक जना गोलकिपर हुन्छन्। खेलाडी र कोचले रातको समयमा सजिलै चिन्न सकून् भनेर रेफ्रीले सेतो कपडा लगाउँछन्। गोलकिपरबाहेक अरू खेलाडीहरू आपत्तिजनक र रक्षात्मक भूमिकामा खेल्न पाउँछन्।
यो खेल गहिरो पोखरी वा नदीमा खेल्नुपर्ने नियम छ। खेलाडीहरू पोखरीको पिँधमा छुन पाउँदैनन्। यो खेललाई पहिले ‘फुटबल इन् वाटर’ पनि भनिन्थ्यो। यो खेलमा खेलाडीहरू पोखरीमा पौडिँदै, बल पास गर्दै गोल गर्छन्। टिमवर्क, खेलमा जागरुकता र रणनीतिक सोच यो खेलको महत्त्वपूर्ण पक्ष हुन्। यो खेल धेरै रुचाइएको खेलमध्ये पर्छ।
कठिन खेलहरूमध्ये यो पनि एक हो। सन् १९९० मा पहिलो पटक ओलम्पिकमा वाटर पोलोको सुरुआत भएको थियो। यसको १० वर्षपछि महिलाको लागि वाटर पोलोको सुरुआत भएको थियो। यो खेलको बलको आकार करिब भलिबल जत्तिकै हुन्छ।
यो खेल खेल्नको लागि वाटर पोलो बलको आवश्यक पर्छ। यो बल पानीमा तैरिन्छ। रंगीन क्यापको आवश्यकता पर्छ। यस क्यापले खेलाडीको टाउको र कानको सुरक्षा गर्छ। यो खेल खेल्दा माउथगार्ड र पौडँदा लगाउने कपडाको पनि प्रयोग गर्ने गरिन्छ।
यो खेल स्कटल्यान्डमा १९औं शताब्दीमा ‘वाटर रग्बि’ को रूपमा विलियम विल्सनले विकास गरेका मानिन्छ। यो खेल लन्डन वाटर पोलो लिगको गठनसँगै अमेरिका, ब्राजिल, चीन, क्यानडा, अस्टे«लियाको विभिन्न भागहरूमा व्यापक रूपमा लोकप्रिय भयो।
यो खेल १९औं शताब्दीमा इङल्यान्ड र स्कटल्यान्डमा पौडिने खेलको रूपमा सुरुआत भयो। जहाँ ती खेलहरू मेला र चाडपर्वका विशेषता थिए। यो खेल अहिले धेरै देशहरूमा लोकप्रिय भएको छ। विशेषगरी अमेरिका, क्यानडा, अस्टे«लिया र युरोपका धेरै देशहरूमा वाटर पोलो खेलिन्छ।
यो खेलमा पोखरीको गहिराइ दुई मिटर अर्थात् ६.५ फिट हुनुपर्छ। पोखरी ३० मिटर लामो र २० मिटर चौडाइ भएको हुनुपर्छ।
(एजेन्सीको सहयोगमा)