जापानबाट दुई नेपाली निस्कासित

जापानबाट दुई नेपाली निस्कासित

काठमाडौं : गैरकानुनी ढंगले जापान बस्दै आएका दुई नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशित गरेको छ। नेपाली नागरिक मिनग्युर शेर्पा र कल्पना थापामगरलाई जापानको अध्यागमनले नेपाल फिर्ता पठाएको हो। शेर्पा दोलखाका स्थायी बासिन्दा हुन्। थापामगर काठमाडौं बस्थिन्। दुवैजना जापानमा गैरकानुनी ढंगले बसिरहेका थिए।

अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा जापानी अध्यागमनले उनीहरूलाई निष्काशन गरेको हो। जापानी अध्यागमन सुरक्षा अधिकारीले शेर्पा र थापामगरलाई बुधबार काठमाडौं ल्याएका हुन्। शेर्पा र थापामगरलाई थाइ एयरको जहाजबाट काठमाडौं ल्याइएको हो।

नेपालस्थित जापानी दूतावास र काठमाडौंसम्म ल्याउने जापानी सुरक्षा अधिकारीले शेर्पा र थापामगरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाएका थिए।

नेपालस्थित जापानी दूतावासले विमानस्थलस्थित अध्यागमन कार्यालयलाई पठाएको पत्रमा उनीहरूलाई निष्काशन गर्नुपर्ने स्पष्ट कारण खुलाएको छैन। यद्यपी, उनीहरू जापानमा ‘ओभर स्टे’ रहेकाले त्यहाँको अध्यागमनले पक्राउ गरेको हुन सक्ने स्रोतको दाबी छ।

जापानी दूतावासले जापानको अध्यागमन कानुन बमोजिम ती दुई नेपालीलाई निष्काशन गर्नुपरेको व्योहोराको पत्र अध्यामगनलाई बुझाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख दीर्घनारायण पौडेलले जापानी अध्यागमनले दुई नेपालीलाई निष्काशन गरी पठाएको पुष्टी गरे। प्रमुख पौडेलले अन्नपूर्णसँग भने, ‘ओभर स्टे बसेका उनीहरूलाई जापानी अध्यागमन कार्यालयले पक्राउ गरी पठाएको हो। हामीले बुझेर उनीहरूलाई अआफ्नो घर पठाएका छौं।’

नेपालस्थित जापानी दूतावासले मंगलबार दुई नेपाली नागरिक निष्काशन गरिएको बारे अध्यागमन विभागलाई लिखित जानकारी गराएको थियो। विद्यार्थी भिसामा जापान जाने विद्याथीले पढ्न छाडेर शरणार्थी बन्ने प्रयास गर्न थालेपछि त्यहाँको अध्यागमनले नेपालीमाथि कडाइ गर्न थालेको छ। जापानमा झण्डै ८० हजार नेपाली अध्यायनसहित विभिन्न पेशा/व्यवसायमा संलग्न छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.