नयाँदिल्लीमा नेपाली संविधान दिवसको विरोध, ‘कालो दिन’भन्दै नारावाजी
नयाँदिल्ली : भारतस्थित नेपाली राजदूतावासले संविधान दिवस मनाइरहँदा नयाँदिल्ली, जन्तरमन्तरमा संविधानको विरोध गरियो ।
भारतमा रहेका नेपाली विद्यार्थीहरुले संविधान दिवसलाई ‘कालो दिन’को संज्ञा दिँदै विरोध जनाएका हुन् । उनीहरुले कालो ब्यानरमा संविधान विरोधी नारा लेख्दै नारा समेत लगाएका थिए ।
संविधान विभेद्कारी भएको भन्दै विभिन्न नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरिएको थियो । विरोध कार्यक्रममा राष्ट्रिय विद्यार्थी संघ भारतका विद्यार्थीहरुको सक्रिय सहभागिता थियो ।
दिल्लीमा अध्ययनरत विद्यार्थीसहित राष्ट्रिय जनता पार्टीका नेताहरु समेत विरोधसभामा आइपुगेका थिए । कार्यक्रममा नेपालबाटै राजपाका केन्द्रीय सदस्य र जिल्ला सदस्यहरु समेत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस !