ल्याण्ड गर्ने विमान आकाशतिरै फर्किएपछि...

ल्याण्ड गर्ने विमान आकाशतिरै फर्किएपछि...

सिमरा : बाराको सिमरा विमानस्थलमा शुक्रवार बिहानै देखि निकै तामझाम थियो। विमानस्थलमा बेलुनका स्वागतद्वार बनाइएका थिए। उपस्थित सहभागीको हातमा माला र ब्यानर थियो।  हातमा फूलको माला बोकेका उनीहरु कहिले घडी र कहिले आकाश नियाल्दै थिए। सामान्य झरीको प्रवाह नगरी बसेका उनीहरु बिहान अवतरण गर्ने पहिलो विमानको प्रतिक्षामा थिए।  

झरीलाई वास्ता नगरी घण्टौसम्म बसेका सहभागी त्यतिबेला निराश भए जतिबेला सिमरा विमानस्थलको रनवेमा ओर्लन लागेको विमान अवतरण नै नगरी आकाशतिरै फर्कियो। वर्षाका कारण विमान अवतरण गर्न नसकेपछि यात्रुको स्वागतमा पुगेका उनीहरुले हातमा भएको माला एकअर्कालाई लगाउँदै पर्यटन दिवस मनाए। 

सिमरामा विमानस्थलमा देखिएको यो दृश्यमा प्रदेश २ पर्यटन मन्त्री रामनरेश राय यादव पनि सहभागी थिए। यात्रुलाई स्वागत गर्न जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, पर्यटन वर्ष २०२० प्रदेश २ का समन्वय समिति संयोजक मनिष झा, पर्यटन व्यवसायी युवराज लामा, होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने सहित सयौँ मानिस विमानस्थल पुगेका थिए। 

विमानस्थलमा अवतरण गर्ने पहिलो विमानका यात्रुलाई स्वागत गर्ने र पर्यटन दिवस बनाउने तयारी आयोजकको थियो। तर वर्षा बाधक बन्न पुग्यो। लगातार परिरहेको झरी नरोकिएपछि विमान अवतरण भएन। त्यसलगत्तै सहभागीले एकअर्कालाई माला लगाउँदै पर्यटन दिवस मनाउँदै फर्किए। 

‘प्रत्येक वर्ष झै यसपटक पनि विमानबाट आउने यात्रुलाई स्वागत गरेर पर्यटन दिवस मनाउने तयारी गरेका थियौँ तर वर्षाले सम्भव भएन’, होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष लामिछानेले भने, ‘त्यसपछि हामीले मन्त्रीसहित सबैलाई माला लगाइदियौँ र एकअर्कासंग खुशीयाली साटासाट गर्‍यौँ।’

काठमाडौंबाट बिहान ९:३० मा सिमराका लागि बुद्ध एयरको पहिलो उडान थियो। सहभागीहरु ९ बजेभन्दा अगाडि नै पुगिसकेका थिए। वर्षाका कारण काठमाडौंबाट ढिलो उडेको बिमान १०:३५ मा सिमरा विमानस्थलमाथिको आकाशमा देखिएको थियो। तर सोही समय आएको ठुलो वर्षाका कारण अवतरण नै नगरी काठमाडौं नै फर्किएको थियो। 

पूर्वअर्थमन्त्री महत पनि रोकिए 

वर्षाका कारण कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री रामशरण महत पनि घण्टौसम्म सिमरा विमानस्थलमा रोकिए। कांग्रेसको जनजागरण कार्यक्रम सकेर पहिलो विमानबाटै काठमाडौं फर्कन लागेका उनी वर्षाले रोकिनु परेको हो।

सिमरा विमानस्थलमा माला लिएर यात्रुको पर्खाइमा रहेका सहभागीसंग पनि भेट गरे। माला बोकेर लामबद्ध बसेका सहभागीतर्फ लम्केका नेता महतलाई कांग्रेसका कार्यकर्ताले कार्यक्रमबारे जानकारी गराएका थिए। वर्षा रोकिएपछि नेता महत १२:१५ मा काठमाडौं उडेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.