बैतडीमा तीनदेखि अविरल वर्षा : सडक भाँसिदा पाटन-पञ्चेश्वरमा यातायात अवरुद्ध

बैतडीमा तीनदेखि अविरल वर्षा : सडक भाँसिदा पाटन-पञ्चेश्वरमा यातायात अवरुद्ध

बैतडी  : तीन दिनदेखि परेको अविरल वर्षाले सडक भासिँदा पाटन-पञ्चेश्वर सडक अवरुद्ध भएको छ । सडकखण्डको पाटन नगरपालिका-६ लोर्खामा पहिरोले सडक भाँसिएपछि शनिबार बेलुकादेखि यातायाता अवरुद्ध भएको हो ।

अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । सडक पुरै भाँसिएकाले सूचारु गर्न केही समय लाग्ने प्रहरी नायव उपरीक्षक पाण्डेयको भनाई छ । 

सडक अवरुद्ध हुँदा दसैंका लागि घर फर्केका बैतडीको तल्लोस्वराडका यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । तल्लोसोराडको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका जोड्ने मुख्य सडक अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारी साधन बन्द भएको स्थानीय दिनेश बिष्टले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.