नयाँ चीन स्थापनाको ७० वर्ष भव्यताका साथ मनाइयो

नयाँ चीन स्थापनाको ७० वर्ष भव्यताका साथ मनाइयो

बेइजिङ : जन गणतन्त्र चीनको स्थापनाको ७०औं वार्षिकोत्सव समारोह अक्टोबर १ तारिख बिहान पैचिङ अवस्थित थेन आन मन चोकमा सैनिक परेडसँगै एक लाख बढि चिनियाँ नागरिक संलग्न परेडको आयोजना गरी मनाइएको छ। सो क्रममा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गर्दै चीनको हिजो मानव जातिको इतिहासमा लेखिएको र चीनको आज अरबौं जनताको हातमा सिर्जना भइरहेको भन्दै चीनको भोलि अवश्य पनि थप उज्यालो हुने विश्वास व्यक्त गरे।

उनले मुलुकको विकासलाई सुदृढ पार्दै ‘दुई सय वर्ष’ को लक्ष्य तथा चिनियाँ राष्ट्रको पुनः उत्थानको चिनियाँ सपनालाई पूरा गर्न अथक प्रयास गर्न पनि आह्वान गरे। विश्वको पूर्वी भागमा उभिएको समाजवादी चीनको स्थानलाई र चिनियाँ जनता र चिनियाँ जातिले अगाडि सारेको पाइलालाई कुनै पनि शक्तिले हल्लाउन तथा बिथोल्न नसक्ने बताए। सो अवसरमा उनले चीनको विकासलाई समर्थन गरेका विभिन्न मुलुकलाई धन्यवाद पनि व्यक्त गरे। चीन निरन्तर शान्तिपूर्ण विकासको मार्गमा लाग्दै आपसी हित तथा साझा विजयसँगै खुला रणनीतिको पालना गर्दै निरन्तर रुपमा विश्वसँग मिलेर अगाडि बढ्न चाहेको पनि बताए।

चीनले ‘शान्तिपूर्ण एकिकरण, एक देश दुई व्यवस्था’ नीतिलाई अपनाउँदै हङकङ तथा मकाउको स्थायी समृद्ध र स्थिरतालाई कायम राख्न, थाइवान जल डमरुका दुई किनारा बीचको सम्बन्धको शान्तिपूर्ण विकासलाई अघि बढाउन जोड दिएका छन्। उनले मातृभूमिको पूर्ण एकिकरणका लागि अथक प्रयास गर्न आह्वान पनि गरे। जन गणतन्त्र चीनको स्थापनापछि चीनको दुखपूर्ण स्थितिमा परिवर्तन भएको र विश्वलाई आकर्षित गराउन सफल विशाल उपलब्धिहरू हासिल गरेको बताए।

वार्षिकोत्सव समारोहमा आयोजना गरिएको भव्य सैनिक परेड चिनियाँ सेनाको सुधारपछिको पहिलो प्रदर्शन हो। यो परेड हालसम्मकै चीनको सबैभन्दा विशाल सैनिक परेड पनि हो। १५००० सैनिकहरुले भाग लिएको परेडसँगै १ सय ६० भन्दा बढी विभिन्न किसिमका विमानहरु र ५ सय ८० भन्दा बढी सैनिक उपकरण तथा हातहतियारहरुको प्रदर्शन गरिएको थियो। साथै तोङफङ –४१ नामक अन्तरदेशीय सामरिक परमाणु क्षेप्यास्त्रको पनि प्रदर्शन गरिएको थियो।

७० वर्ष पार गर्दै नयाँ पाना पल्टाउन लागिरहेको नयाँ चीनले आफ्नो स्थापना बर्षमा राष्ट्रध्यक्ष सीले एकता र नागरिक एवं नेतृत्वको अनुशासनबाट नै चीनले निरन्तर रूपमा प्रगति हासिल गरेको बताएका थिए। शान्तिपूर्ण विकास तथा सहयोग एवं साझा विजय भन्ने सिद्धान्त पालना गर्ने चीनले विश्वको शान्ति तथा विकासको लागि अझ उज्ज्वल भविष्य ल्याउने विश्वासको उदघोष उनले गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.