बैतडीको प्रथम मेयर कपको उपाधि पाटन भ्यालीलाई

बैतडीको प्रथम मेयर कपको उपाधि पाटन भ्यालीलाई

बैतडी : बैतडीको पाटनमा जारी प्रथम मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि पाटन भ्याली जितेको छ। बिहीबार सम्पन्न फाइनल खेलमा पाटन स्टारलाई ६६ रनले पाखा लगाउँदै भ्यालीले उपाधिमाथि कब्जा जमाएको हो।

श्रीकृष्ण माविको खेलमैदानका टस हारेर ब्याटिङको निम्ता पाएको भ्यालीले निर्धारित २० ओभरमा सुरेश जोशीको नटआउट ४७ रनको मद्दतमा ९ विकेट गुमाएर १७२ रन बनायो।

स्टारका किरन चन्दले ४ तथा पञ्कज चन्दले २ विकेट हात पारे। १७३ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको स्टार १७ ओभरमा १०६ रनमा समेटियो। जसमा किरन चन्दले सर्वाधिक ३१ रनको योगदान गरे।

स्टारको पारी ध्वस्त पार्ने क्रममा भ्यालीका पारस विष्ट र धिरेन्द्र चन्दले ३/३ विकेट बाँडे। भ्यालीका सुरेश जोशी म्यान अफ द म्याच भए।

भ्यालीले ३० हजार रुपैयाँ पुरस्कार पाएको छ भने स्टारले २० हजारमा चित्त बुझायो। प्रतियोगितामा व्यक्तिगत १४२ रन र ७ विकेट लिएका भ्यालीका वीरेन्द्र विष्ट म्यान अफ द सिरिज भए।

प्रतियोगितामा व्यक्तिगत १० विकेट लिने स्टारका हेमन्त चन्द बेस्ट बलर भए भने व्यक्तिगत १३४ रन बनाएका बसन्तपुरका जगदीश लुहार बेस्ट ब्याट्सम्यान चुनिए। उनीहरू दुबैजनाले ३/३ हजार पुरस्कार पाए।

विजेता टोली तथा खेलाडीलाई बैतडीवाट निर्वाचित संघीय सांसद दामोदर भण्डारी र पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले पुरस्कार दिए। प्रतियोगिता पाटन नगरपालिकाको आयोजनामा यही असोज ८ गतेदेखि सुरु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.