यी हुन् पिङप्रेमी ११ कलाकार

यी हुन् पिङप्रेमी ११ कलाकार

दीपिका प्रसाईं, अभिनेत्री 

सानोमा पिङ खूब खेलियो। मैले सधैँ मच्चाएर खेल्ने गर्थें। एकचोटि पिङ धेरै मच्चाएको देखेर घरमा गाली पनि खाएकी छु। पहिला जताजतै पिङ हुन्थे, अहिले खासै देखिँदैनन्। तर, पिङ देखेपछि मन थाम्न गाह्रो हुन्छ। खेल्न गइहाल्छु। 

नाजिर हुसेन, अभिनेता 

हाम्रो गाउँमा दशैँमा पिङ हाल्दैन थिए। पिङ खेल्न अर्को गाउँ जानुपथ्र्यो। त्यहाँ पनि लाइन लागेर खेल्नुपर्ने अवस्था हुन्थ्यो। तैपनि, पालो आउँदैनथ्यो। पिङ खेल्न दिनभरि लाइन बसेको छु। पालो नपाउँदा कत्ति चोटि रोएर घर फर्केको छु। आमालाई घरमै पिङ हाल्न लगाएको छु। मच्चाएर पिङ खेल्न खूब मन पथ्र्यो। एक पटक बेस्सरी मच्चाउँदा पिङबाट लडेर नराम्ररी घाइते भएँ। तर, पनि खेल्न छोडिनँ। अहिले पनि पिङ देख्यो कि खेल्न गइहाल्छु। 

बेनिशा हमाल, अभिनेत्री
सानोमा पिङ खेलेपछि मात्र दशैँ आएजस्तो लाग्थ्यो। टोलमा कुन बेला पिङ हाल्छन् भनेर कुरेर बस्थेँ। ठूलो भएपछि खासै पिङ खेलिँदैन। तर, टीकाको दिन भुइँ छोड्ने चलन रहेकाले एकचोटि पिङ खेल्ने गरेकी छु। 

सुवेक्षा खड्का, अभिनेत्री
सानोमा पिङ खेल्न खूब डराउँथेँ। तर, एक पटक भुइँ छोड्नैपर्छ भनेर सबैले पिङ खेल्न लगाउँथे । एक्लै कहिल्यै पिङ खेलिनँ। सधैँ लिंगे पिङमा साथीसँग खेल्थेँ। अहिले त डर लाग्दैन। बसेर होइन, आफैँ मच्चाएर खेल्ने गरेकी छु। 

रवि डंगोल, हास्य कलाकार 
हाम्रो गाउँमा पिङ धेरै नहाल्ने भएकाले अर्को गाउँमा गएर पिङ खोजी–खोजी खेल्थेँ। अहिले त पिङको खासै मतलब हुँदैन। तैपनि, दशैँमा एकचोटि भुइँ छोड्ने चलन भएकाले खोजेर भए पनि पिङ खेल्ने गरेको छु। 

मधुसुदन पाठक, हास्य कलाकार
सानोमा पिङ खूब खेलियो। आफैँ बाँस काटेर गाउँमा पिङ हालिन्थ्यो। पहिला लाइन बसेर खेल्ने चलन थियो। तर, ‘हामी त पिङ हाल्ने मान्छे हो’ भनेर लाइनमा नबसी अगाडि नै गएर खेलेको अझै याद आउँछ। आकाश नै छुने गरी मच्चाएर खेल्न मन पथ्र्यो। 

बुद्धि तामाङ, हास्य कलाकार
सानोमा पिङ मज्जाले खेलियो। गाउँमा हाम्रो ग्याङ हुन्थ्यो। पिङ बनाउन कोही बाबियो बटुल्न जान्थे, कोही बाबियो बाटेर डोरी बनाउने गर्थे, कोही बाँस काट्न जान्थे। दशैँभरि मेरो बास नै पिङ हालेको ठाउँमा हुन्थ्यो। लाइन बसेर खेल्नुपथ्र्याे। एकचोटि लाइन मिचेर खेलेको भनेर झगडासमेत गरेको छु। सधैँ घरबाट तरकारी, चिउरा खाजा बोकेर आउँथेँ र बिहान हिँडेपछि एकैचोटि बेलुका घर जान्थेँ। घर नआएको देखेर आमाले आँपको रूखमा नाम्लो बानेर पिङ बनाइदिनुभएको थियो। अहिले पनि एक पटक पिङ नखेलेसम्म दशैँ आएजस्तो लाग्दैन। 

पुष्प खड्का, अभिनेता 
सानोमा भारत बसियो। दशैँको बेलामा मात्र घर आउँथेँ। घर आउनासाथ पिङ खेल्न जान्थेँ। पिङ भनेपछि हुरुक्कै हुन्थेँ। मच्चाई–मच्चाई पिङ खेल्न खूब रमाइलो लाग्थ्यो। साथीभाइसँग टाढा–टाढा गाउँमा पिङ खेल्न जान्थेँ। पिङबाट लडेर धेरै पटक चोट पनि लागेको छ। पिङकै कारण धेरै पटक गाली पनि खाएको छु।

स्वस्तिमा खड्का, अभिनेत्री
पिङ खेल्न रमाइलो लाग्थ्यो तर मच्चाएर खेल्न कहिल्यै आएन। मच्चाएर खेल्न डर लाग्थ्यो। सधैँ बसेर खेल्ने गर्थें। अहिले पनि बसेरै पिङ खेल्ने गर्छु। 

गजित विष्ट, अभिनेता 
बाल्यकालमा पिङ धेरै खेलियो। सानोमा एकदमै चुलबुले स्वभावको थिएँ। लाइनमा बस्दा सधैँ ठगेर अघिअघि जाने गर्थें। झगडा पनि पथ्र्यो। मच्चाएर खेल्दा दुई चोटि पिङबाट नराम्रोसँग लडेको छु। गाउँमा पिङ नहालेसम्म दशैँ आएजस्तो लाग्दैन। पिङ खेल्नकै लागि हरेक वर्ष बनेपा जाने गरेको छु। 

युवराज चौलागाईं, गायक
मच्चिएर पिङ खेल्दा धेरै पटक लडेको छु। बसेर खेल्दा मज्जा नै आउँदैनथ्यो। घरको दलिनमा पिङ बनाएर खेल्थेँ। पिङ खेल्न पाएपछि खाना पनि चाहिँदैनथ्यो। अहिले पनि पिङ खेल्न रहर लाग्छ। दशैँमा घरमै स्पेसल पिङ बनाएर खेल्ने गरेको छु। 

निशान भट्टराई, गायक 
सानोमा अरू बेला त खेलिन्थ्यो तर टीकाको दिन नयाँ लुगा, टीका, जमरा लगाएर पिङ मच्चाएर खेल्नुको बेग्लै मज्जा हुन्थ्यो। प्रायः राति पिङ खेल्न जान्थेँ। जुनेली रातमा पिङमा बसेर आकाश हेर्ने गर्थें। अहिले पिङ खूब मिस हुन्छ।
प्रस्तुतिः आशक्ति फुयाल 
इन्ट्रोः अहिले सुटिङ, कार्यक्रममा व्यस्त कलाकार बाल्यकालमा दशैँका बेला चंगा उडाउन व्यस्त हुन्थे। बाल्यावस्थाको चंगा स्मृति उनीहरूले ‘सम्पूर्ण’ सँग साटेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.