अवैध रुपमा भित्र्याइएको ९२ खसी बाख्रासहित ३ जना पक्राउ

अवैध रुपमा भित्र्याइएको ९२ खसी बाख्रासहित ३ जना पक्राउ

बारा : बारामा प्रहरीले आइतबार र सोमबार गरी दुई गाडी खसी बाख्रासहित ३ जनालाई पक्राउ गरेको छ। भारतबाट राजश्व छलेर अवैध रुपमा भित्र्याइएको ९२ वटा खसी बाख्रासहित तस्करीमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। 

बाराको महागढीमाई नगरपालिका-१ बाट सोमबार बिहान ४२ वटा खसी बाख्रासहित दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा महागढीमाई नगरपालिक ५ का महम्मद मकबुल र वडा नम्बर ४ का प्रमेन्द्रपसद यादव रहेका छन्। 

महागढीमाई नगरपालिका वड नम्बर १ मा बिहान ५ बजे भारतबाट ४२ वटा खसी बाख्रा बोकेर आउँदै गरेको बा ३ च ५२३२ नम्बरको बोलेरो पिकअप गाडी बरामद गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जित सिंह राठौरले जानकारी दिए। 

 
चेकजाच गर्ने क्रममा भन्सार राजश्व तिरेको र पशु क्वारेन्टाइनको कागजपत्र नभेटिएकाले खसी बाख्रा सहितको गाडी र गाडीमा सवार मकबुल र चालक यादवलाई नियन्त्रणमा लिइएको उनले बताए।   

यस्तै आइतबार पनि बाराको कलैयाबाट ४९ वटा खसी र एउटा बाख्रा सहित कलैया उपमहानगरपालिका ९ का शेख अफजललाई प्रहरीले पक्राउ गरेको थियो।
 
प्रहरीले तस्करीको खसी ओसार्न प्रयोग गरिएको बा १७ च ५८६५ नम्बरको बोलेरो पिकअप गाडी पनि नियन्त्रणमा लिएको थियो। पक्राउ परेका अफजल , बोलेरो पिकअप गाडीका चालक हुन्।
 
नियमित चेकजाचका क्रममा दुई दिनमा तस्करीको ९४ वटा खसी बाख्रा, तस्करीमा प्रयोग गरिएको दुई वटा गाडी र एक जना व्याक्तिलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राठौरले बताए।

बरामद गरिएको खसी बाख्रा सहितको गाडी आवश्यक कार्वाहीका लागि सोमबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको राठौरले जानकारी दिए। पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको राठौरले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.