‘मामाघर नगई दशैँ पूर्ण हुँदैन’

‘मामाघर नगई दशैँ पूर्ण हुँदैन’

आस्था राउत, गायिका

दशैँमा मामाघर सधैँ जान्छु। मेरो घरबाट मामाघर धेरै टाढा छैन। तर, दशैँमा मामाघर जाने भनेपछि छुट्टै किसिमको उमंग हुन्छ। अहिले कान्छो मामा अस्टे«लियामा हुनुहुन्छ। म पनि अस्टे«लियाको मेलबर्नमा दशैँको सांस्कृतिक कार्यक्रमका लागि जाँदै छु। त्यहीँ मामालाई भेट्ने सोच बनाएकी छु। 

झरना थापा, अभिनेत्री

हरेक दशैँमा मामाघर जान्छु। मामाघरमा हजुरबुबा–आमा हुनुहुन्छ। उहाँहरूको आशीर्वाद लिन दशैँमा सधैँ मामाघर जाने गरेकी छु। आफ्नो घरमा टीका लगाइसकेपछि मामाघर पुग्छु। सानो बेलामा नयाँ लुगा लगाएर मामाघर जाने, मीठो–मीठो खानेकुरा खाने भन्ने हुन्थ्यो। अहिले त्यस्तो नभए पनि मामाहरूबाट आशीर्वाद पाउनु नै ठूलो लाग्छ। मामाघर नगई दशैँ पूर्ण हुँदैन। 

नम्रता सापकोटा,  अभिनेत्री 
दशैँमा मामाघर जाने भनेपछि साह्रै रमाइलो लाग्छ। सानो छँदा मामाघरमा धेरै पैसा पाइन्छ भनेर जान मन लाग्थ्यो। अहिले पनि मामाघरको पैसाको महŒव त हुन्छ तर पैसाकै लागि भनेर मामाघर गइँदैन। अरू बेला र दशैँमा मामाघर जानुको छुट्टै रमाइलो हुन्छ। सबै जनासँग भेट हुन्छ, मामाहरू पनि कुरेर बस्नुहुन्छ। आफ्नो घरमा टीका लागाएर त्यसै दिन मामाघर जान्छु।  

आर्जन पाण्डे, गायक
दशैँको बेलामा मामाघर जान परिहाल्यो। मामाघरमा आफ्नो उमेरको कोही छैनन्। तैपनि, रमाइलै लाग्छ। सानीआमाको घर जान पनि मन पराउँछु। 

विल्सनविक्रम राई, हास्य कलाकार
मामाघर जान मन लागिरहन्छ। दशैँमा सधैँ मामाघर जाने गरेको छु। मामाहरूले एकदमै माया गर्नुहुन्छ। फिल्मको प्रमोसनका लागि अस्टे«लिया जानुपर्नेछ। त्यसैले यो दशैँमा मामाघर जान पाउँदिनँजस्तो छ। नरमाइलो लागिरहेछ। पहिले त दशैँ भन्नेबित्तिकै मामाघरको रमाइलो मनमा आइहाल्थ्यो।  

शिवशंकर रिजाल,  हास्य कलाकार
अहिलेसम्म मामाघर जान छुटाएको छैन । मामाघर जान एकदमै रमाइलो लाग्छ। बच्चा बेलामा मामाघर जान भनेपछि एक महिनाअघिदेखि निद्रा लाग्दैन थियो। दशैँमा मामाघर नजाँदा कहाँ गइएनजस्तो लाग्छ। यो वर्ष पनि मामाघर जानेछु।  

राज तिमल्सिना, कलाकार 
यो वर्ष दशैँमा मामाघर जान नमिल्ने भएको छ। तर, मैले कहिल्यै मामाघर जान छुटाएको छैन। पहिला–पहिला ममीबाबासँग हिँडेर मामाघर गइन्थ्यो। मामाघरको सबै घरमा ममीसँगै टीका लगाउँदै डुल्थँे। अहिले सानो बेलामा जस्तो रमाइलो नभए पनि मामाघर जाने भएपछि एक किसिमको उत्साह हुन्छ। 

दमन रूपाखेती, हास्य कलाकार
सानो बेलामा मामाघर जाने भनेपछि तामझाम छुट्टै हुन्थ्यो। अहिले पनि मामाघर जान रमाइलो लाग्छ, तर सानो बेलामा जस्तो हँुदैन। पहिला हरेक दशैँमा मामाघर जान्थँे। आजभोलि समय मिल्दा जाने गर्छु।

सञ्चिता लुइँटेल, अभिनेत्री
दशैँमा सधैँ मामाघर जान्छु। आफ्नो घरमा टीका लगाइसकेपछि मामाघर जाने गरेकी छु। आफ्नो घरमा कहिले टीका लगाएर मामाघर जाऊँजस्तो हुन्छ। बिहे भएपछि मामाघरको माया झन् लाग्ने रहेछ।

श्वेता खड्का, अभिनेत्री 
दशैँमा मामाघर जान नपाउँदा दशैँ नै खल्लो हुन्छ। दशैँमा मामाघर सधैँ जान्छु। सानो बेलामा नयाँ लुगा लगाएर मामाघर जान पाउँदा छुट्टै रमाइलो हुन्थ्यो। अहिले सानो बेलाको जस्तो उमंग नभए पनि दशैँमा मामाघर जाँदा अरू बेलाभन्दा छुट्टै रमाइलो महसुस हुन्छ।

सुपुष्पा भट्ट, अभिनेत्री
प्रायः दशैँमा काठमाडौँबाट धरान जाने गर्थें। यसपालि घरका सबै जना काठमाडौँमै आउनुहुन्छ। त्यसैले यो वर्ष मामाघर गइँदैन होला। धरानमा मेरो घर र मामाघर नजिकै छ। दशैँमा घर जाँदा मामाघर सधैँ जान्थेँ। काठमाडौँबाट आएको भनेपछि झन् माया पाइन्थ्यो। 

निरिशा बस्नेत, अभिनेत्री
दशैँमा कहिले इन्डियामा हुन्छु, कहिले काठमाडौँमा। काठमाडौँमा हुँदा दशैँमा मामाघर जान्छु। परिवारसँग मामाघर जाँदा रमाइलो लाग्छ। मामाहरूबाट पाउने आशीर्वादको ठूलो महŒव छ। यो वर्ष पनि दशैँमा मामाघर जानेछु। 

भरत सिटौला, गायक
यो वर्ष मामाघरमा दशैँ मनाउन नमिल्ने छ। त्यसैले जाँदिनँ। त्यहाँ जाँदा एकदमै रमाइलो लाग्छ तर मामाघर टाढा भएकाले सधैँ जान पाइँदैन। आफूले जान नपाएका बेला नयाँ लुगा लगाएर अरूलाई मामाघर गएको देख्दा नरमाइलो लाग्थ्यो। मामाघरको महŒव दशैँमा जति अन्य बेला कहिले होला र ?  

प्रस्तुतिः मेनुका कोइराला


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.