लोककथा : कपासको घोडा

लोककथा : कपासको घोडा

संकलनः इन्द्र चौधरी 

कपासको घोडा बनाएर उनीहरू बेच्न हिँडे। गाउँगाउँ डुल्न थाले। तर, एउटा पनि घोडा बिकेन। हिँड्दाहिँड्दै उनीहरू राजाको दरबारमा पुगे। ‘घोडा उड्न सक्छ’ भन्ने थाहा पाएपछि राजाले आफ्नो छोराका लागि उनीहरूसँग भएका सबै घोडा किन्यो। 


गाउँमा सिकर्मीहरूको मात्र बस्ती थियो। उनीहरू कहिले खटपल्का ९पलङ०, कहिले खटिया, कहिले पहिया (काठको पांग्रा), कहिले फाटक ९ढोका० बनाउँथे। आफ्ना यिनै उत्पादन बेचेर गुजारा चलाउँथे।

गाउँका सिकर्मीमध्ये एक जना भने निकै अल्छी थियो। उसको एक मात्र काम थियो, दिनभरि सुत्नु। उसकी श्रीमती भने दिनभर काममा खटिन्थी। ढिकीमा धान कुट्थी, भात पकाउँथी, मेला जान्थी। ऊ जहिले पनि काम गरिरहेकी हुन्थी। उता श्रीमान् चाहि खाने र सुत्नेबाहेक तेस्रो काम गर्दैनथ्यो। एक दिन होइन, दुई दिन होइन, हरेक दिन उसको यस्तो चाला देखेर श्रीमतीलाई खूब रिस उठ्थ्यो। 

एक दिन सहिनसक्नु भएर श्रीमतीले श्रीमान्को झाँको झारी। तथानाम भनी– ‘अरूका बूढा कति धेरै काम गर्छन्, बेलुका कुखुराको मासु ल्याएर मीठो–मीठो खान्छन्। यसलाई हेर, दिनभरि सुत्नेबाहेक अरू काम छैन।’

श्रीमतीको गालीमा पनि सिकर्मी रिसाएन। बरु उसले हाँसेर भन्यो, ‘जा एक बोरा कपास लिएर आइज, म त्यसको उड्ने घोडा बनाइदिन्छु। बेच्न जाउँला। अनि, खाउँला रातो भालेको मासुसँग भात।’ 

कपासको घोडा बनाएर उनीहरू लामो कडिँया ९डन्डी०को दुई छेउमा झुण्ड्याएर बेच्न हिँडे। गाउँगाउँ डुल्न थाले। धेरै टाढा अन्जान ठाउँसम्म पुगे। तर, एउटा पनि घोडा बिकेन।

हिँड्दाहिँड्दै उनीहरू राजाको दरबारमा पुगे। ‘घोडा उड्न सक्छ’ भन्ने थाहा पाएपछि राजाले आफ्नो छोराका लागि उनीहरूसँग भएका सबै घोडा किन्यो। सिकर्मी बूढाबूढी एकदमै खुशी भए।

राजकुमार दिनभरि ती घोडासँग खेल्न थाल्यो। खेल्दाखेल्दै आफैँसँग राजकुमार सोधिरहेको हुन्थ्यो, ‘यो घोडा कसरी उड्छ रु’ सिकर्मीले उसको कुरा सुनेपछि ‘घोडालाई मैदानमा लगेर ‘हावासँगै मलाई उडाएर लैजा’ भन्नू यो आफैँ उड्नेछ’ भनेर मन्त्र सिकायो। 

राजकुमारले खुल्ला चौरमा लगेर ‘हावासँगै मलाई उडाएर लैजा’ भनेको मात्र के थियो, बिस्तारै–बिस्तारै घोडा माथि–माथि उड्न थाल्यो। राजकुमारलाई घोडा उडाउन त आउँथ्यो, तर फर्काउने मन्त्र उसले जानेको थिएन। उड्दाउड्दै राजकुमारलाई लिएर घोडा अर्कै राज्यमा गएर रोकियो। लामो बाटो कटिसकेकाले राजकुमारलाई आफ्नो घर कता पर्छ भन्ने ज्ञान थिएन। 

दिन बित्दै गयो। घर जान नसकेपछि ऊ नयाँ ठाउँमा नोकरी खोज्न थाल्यो। कतै पनि नोकरी नपाएर भौँतारिरहेको बेला ऊ त्यहाँको राजाको दरबारमा पुग्यो। जागिरका लागि आग्रह गर्दा उसले आफू अर्को राज्यको राजकुमार भएको बताएन। 

दयालु स्वभावको राजाले उसले गर्न सक्ने कामबारे सोध्यो। 

‘अरू काम छैन। हुक्का भर्ने काम छ। गर्छौ ?’

‘हुन्छ।’ 

राजकुमारले राजाकोमा काम गर्न सुरु गर्‍यो। दिनभरि बैठकमा व्यस्त हुने राजाका लागि बिहान र बेलुका हुक्का भरेर दिनु उसको काम हुन थाल्यो। 

राजाकी सुन्दर छोरी, त्यो राज्यकी राजकुमारीसँग पनि राजकुमार बिस्तारै परिचित भयो। दरबारमा राजकुमारीसँग उसको आँखा जुध्थ्यो। दिन प्रतिदिन नजिकिँदै जाँदा उनीहरूबीच माया बस्छ। राजकुमारीले राजकुमारलाई बिहे गर्ने प्रस्ताव राखी। तर, राजकुमारले ‘म त नोकर हुँ’ भनेर आफूसँग बिहे हुन नसक्ने बतायो। राजकुमारीले आफ्ना बुबा ९राजा०सँग आफैँले कुरा गर्ने भनी। 
राजकुमारीले राजालाई आफ्नो र राजकुमारको प्रेमबारे सबै कुरा बताई। दयालु राजाले उनीहरूको प्रेम स्विकारे। उनीहरूको बिहे भयो। 

बिहेपछि राजाले उनीहरूका लागि अलग्गै महल बनाइदियो। उनीहरू त्यहीँ बस्न थाले। केही समयपछि राजकुमारी जतकाली ९गर्भवती० भई। उसले छोरा जन्माई। 

पहिलो छोरा हिँड्न, दौडन सक्ने भएपछि राजकुमारी दोस्रो पटक जतकाली भई। राजकुमारीलाई अब राजकुमारको घर जान मन लाग्यो। 

‘अब हामी तपाईंको घर जाऔँ, सधैँ यहाँ बस्नु ठीक हुँदैन,’ राजकुमारीले भनी। तर, राजकुमारलाई आफ्नो घर जाने बाटो थाहा थिएन। उता राजकुमारीले जिद्दी गरिरही। 

केही जोर नचलेपछि राजकुमार कपासको घोडा लिएर मैदानमा गयो। परिवारका सबैलाई बसालेर ‘हावासँगै मलाई उडाएर लैजा’ भने। घोडा माथि उड्न थाल्यो। 

जाँदाजाँदै सात समुन्द्रको बीचमा पुगेपछि राजकुमारीलाई बेथा लाग्यो। नजिकै टापू देखियो। घोडा रोक्ने मन्त्र नजान्ने राजकुमारले घोडाको लगाम जोडजोडले तान्यो। लामो प्रयासपछि घोडा टापूमा रोकियो।

राजकुमारी र छोरालाई छाडेर राजकुमार आगो खोज्न घोडामा चडेर उड्यो। आगो लिएर आउँदा घोडाको पुच्छरमा आगो लाग्यो र घोडा जल्यो। राजकुमार समुन्द्रमा खस्यो।

माछा मार्दै गरेको कुलबुतिया (माझी)ले राजकुमारलाई देख्यो। पानीमा डुबिरहेको राजकुमारलाई बचायो। पानीबाट निस्किएपछि राजकुमारले आफ्नो परिवारलाई वरपर खोज्यो। तर, राजकुमारी र छोरा भएको ठाउँमा पुग्न सकेन। 

राजकुमारीले टापूमै अर्को छोरा जन्माई। 

यता राजकुमार छटपटायो, उता राजकुमारीको बिजोग थियो। खानेकुरा केही थिएन। बच्चाहरू भोकले कराइरहन्थे।

समुद्रमा दैनिक डुंगामा बसेर एउटा मन्ह्यार ९ चुरा बेच्ने मान्छे० आउने गथ्र्यो।  उसले चुरासँगै भुजा (भुटेको मकै) पनि बेच्थ्यो। उसको हातमा रहेको भुजा देखेर राजकुमारीको छोरा भुजा खाने भन्दै रुन थाल्यो।

राजकुमारीसँग किन्नलाई पैसा थिएन। मन्ह्यारसँग उसले थोरै भुजा मागी। तर, उसले दिन मानेन। राजकुमारीले बिन्ती गरेपछि उसले ‘डुंगामा आएर आफैँ लिएर जाऊ’ भन्यो। लिन जाँदा राजकुमारीको हात तानेर डुंगामा जबर्जस्ती चढाएर लग्यो। समुद्रको बीचमा नाबालक छोराहरू मात्रै रहे। राजकुमारीले रोइकराइ गरी। 

बालकहरूको रुवाइ सुनेर एक जना बूढी महिला उनीहरूको नजिक आई। ऊ सधैँ त्यही बाटो हुँदै बजारमा सामान बेच्न जान्थी। बूढीले ती बच्चा रोइरहेको देखेर आफ्नो घरमा लगी। उनीहरूलाई हुर्काउन थाली। 

ती बच्चा जवान भएर काम गर्न थाले। बूढी आमैलाई पाल्नका लागि नोकरी खोजे। काम खोज्दा आफ्नो आमालाई भगाएर लैजाने मन्ह्यारको घरमा पुगे। तर, सानैमा बिछोडिएकाले उनीहरूले आफ्नी आमालाई चिनेनन्। 

मन्ह्यारले उनीहरूलाई रातभरि घर हेर्नुपर्ने काम दिएको थियो। हरेक रात कान्छोलाई निन्द्रा लाग्न थालेपछि जेठोले आफ्नो भाइलाई कहानी सुनाउँथ्यो। 

एक रात भाइ उँघ्न थालेपछि दाइले भन्यो, ‘सधैँ मैले तँलाई अरूको कथा सुनाएँ। आज म तँलाई आफ्नै घरको कथा सुनाउँछु।’ 

उसले कथा भन्न थाल्यो–

‘हाम्रो बुबाको कपासको घोडा थियो। त्यो घोडामा चढेर आकाशमा उड्दै बुबा हाम्रो मामाघरमा पुग्नुभयो। त्यहाँ आमा र बुबाको माया बस्यो। त्यसपछि उहाँहरूको बिहे भयो। म त्यहाँ जन्मिएँ। तँ गर्भमा थिइस्। त्यसपछि आमाले बुबालाई हाम्रो घरमा जान अनुरोध गरेपछि बुवाले हामीलाई घोडामा बसालेर लैजाँदै गर्दा तँ जन्मिन थालिस्। अनि, बुबाले घोडालाई एउटा टापूमा बसाल्नुभयो। आगो लिन जाँदा घोडामा आगो लागेर बुबा उतै समुद्रमा हराउनुभयो। आमालाई एउटा मान्छेले समातेर लग्यो। अनि, तँ र म मात्र रह्यौँ। त्यसपछि हामीलाई पाल्ने यी बूढी आमैले हामीलाई लिएर आउनुभयो। अब हाम्री आमा उनै हुन्। हामीले उहाँको सेवा गर्नुपर्छ।’’

हरेक दिन उनीहरूको कथा बन्धक भएकी राजकुमारी ९उनीहरूकी आमा० ले सुनिरहेकी हुन्थी। तर, उसलाई ती आफ्ना छोरा हुन् भन्ने थाहा हुँदैन। त्यस दिनको कथा सुनेर भने उसले थाहा पाई। आफ्ना छोराहरूको अवस्था थाहा पाएर रुन थाली। तर, उसले ‘म तिमीहरूको आमा हुँ’ भन्न सकिन। उसको मनमा कुरा खेल्यो– ‘छोराहरूले यस्तो दुःख गरेको हेर्नुभन्दा यिनीहरू मरेकै जाती १’ बाल्यकालमा आफूले माया दिन नसकेर अलपत्र बनेका छोराहरूले आज दुःख झेल्नुपरेको देख्दा उसलाई नमज्जा लाग्यो। मन्ह्यारलाई ‘मलाई नोकरहरू मन परेनन्’भन्दै आफ्नै दुई छोरालाई मार्न आग्रह गरी। मन्ह्यार राजी भयो। 

उसले राति नै उनीहरूलाई फाँसी दिने ठाउँमा लिएर गयो। फाँसी लगाउने ठाउँमा राजकुमार (उनीहरूको बुबा) काम गथ्र्यो। बुबा र छोराहरू आमनेसामने हुँदा पनि एकअर्कालाई चिनेनन्। राजकुमारले सोचे– ‘यति राम्रा बच्चा छन्। यिनीहरूलाई मार्नुभन्दा पहिले यिनीहरूको कुरा त सुनौँ।’

‘तिमीहरूले के गल्ती गर्‍यौ र, यसले मार्न ल्यायो रु’ बच्चाहरूसँग उसले सोध्यो।

‘हामीले केही गल्ती गरेका छैनौँ,’ बच्चाहरूले भने।

दाजुभाइले आफ्नो कथा राजकुमारलाई सुनाउन थाले। 

राजकुमारले उनीहरू आफ्ना सन्तान भएको थाहा पाए। मन्ह्यारलाई ‘तपाईंकी बूढीलाई लिएर आएपछि फाँसी दिउँला’ भन्दै पठाए। उसले बन्दी बनाएर राखेको राजकुमारीलाई लिएर आयो। राजकुमारी आएपछि भने राजकुमार र दुई छोराहरूको पनि परिचय खुल्यो। राजकुमारीलाई बन्धक बनाएको र आफ्नो परिवार ध्वस्त पारिदिएको भन्दै सबै मिलेर मन्ह्यारलाई फाँसीमा चढाइदिए। 

लामो समयपछि परिवारको मिलन भयो। सबै जनाको हर्षको सीमा रहेन। राजकुमार परिवारलाई लिएर दरबार फर्कियो। आफ्ना सन्तानको लालापालन गर्ने बूढीलाई पनि राजकुमारले दरबार लग्यो। सबै जना खुशी र सुखी भएर बस्न थाले। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.