सी-मोदी वार्ताका लागि मामल्लापुरम नै किन रोजियो ?

सी-मोदी वार्ताका लागि मामल्लापुरम नै किन रोजियो ?

नयाँ दिल्ली : चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चेन्नईबाट झण्डै ५८ किलोमिटर दक्षिणमा रहेको मामल्लापुरममा शुक्रबार र शनिबार भेटदैछन्। यसलाई अप्रिल २०१८ मा चीनको वुआन सहरमा चिनफिङ र मोदीबीच सम्पन्न अनौपचारिक शिखर वार्ताको दोश्रो श्रृखंलाको रुपमा प्रस्तुत गरिएको छ।

सामान्यतया भारतीय राष्ट्रप्रमुख अथवा सरकार प्रमुखहरूले यस्तो उच्चस्तरीय भेटवार्ता नयाँ दिल्लीमै गर्ने परम्परागत शैली रहेको छ। तर यो शैलीलाई थाती राख्दै यो अनौपचारिक शिखर वार्ता तामिलनाडु राज्यको तटीय सहर मामल्लापुरम (महाबलीपुरम) मा गर्ने तयारी गरिएको छ।

चिनियाँ राष्ट्रप्रमुखसँगको भेटवार्ताकोलागि मोदीले किन यो सहर नै चयन गरे ? यसका दुई कारण हुन सक्ने अनुमान गरिएको छ। मोदीले राज्यका अन्य द्रबिडियन दलहरूलाई भारतीय जनता पार्टी नेतृत्वको सरकार तामिलनायडु राज्यकालागि गम्भीर छ भन्ने संदेश दिन खोजेको हुन सक्छ अथवा यो सहरसँग चीनको कुनै ऐतिहासिक सम्बन्ध पनि हुन सक्ने जानकारहरूले अनुमान गरेका छन्। यसकोलागि इतिहास तिर फर्किनुपर्ने हुन्छ।

मामल्लापुरमको इतिहास

गुप्त वंशको पतनपछि दक्षिण भारतमा पल्लव वंश सत्तामा आए। तेश्रो शताब्दीदेखि नवौं शताब्दी ईस्वीको अन्तसम्म उनीहरूले शासन गरे। पल्लव शासनको सबैभन्दा राम्रो समयावधि ६५० र ७५० इस्वीको बीचलाई मानिन्छ। यो युगलाई स्वर्ण युग पनि भनिन्थ्यो। पल्लवहरू गहिरो चिन्तक, विचारक थिए र निकै शक्तिशाली पनि।

मामल्लपुरम, जसलाई महाबलिपुरमा पनि भनिन्छ। पूर्वी तटीय रोडमा अवस्थित छ। यो सहरको नाम ‘मामल्लन’ शब्दबाट लिइएको हो। जसको अर्थ महान योद्धा हुन्छ। पल्लव वंशका राजा नरसिंहवर्मन प्रथमको पराक्रमबाट नै यो क्षेत्रको नामाकरण भएको मानिन्छ। वर्मनले इस्वी सन् ६३० देखि लगभग ६७० सम्म यो क्षेत्रमा शासन गरेका थिए। उनी आफ्नो कला र मुर्तिकला प्रेमकालागि पनि प्रख्यात थिए। यस क्षेत्रमा अहिले देखिएका अखंड राक–कट संरचनाहरू उनकै समयमा निर्माण भएको मानिन्छ।

यो सहर यही वर्षहरूमा पुरातत्वविद र अन्य वैज्ञानिककालागि रुचिको विषय पनि रहयो। सन् २००४ मा हिन्द महासागरमा आएको सुनामीले मामल्लपुरम तटलाई दिएको टक्कर पछि अपतटीय क्षेत्रमा पनि प्राचिन कालका नयाँ शास्त्र र साक्ष्यहरू सामुन्ने आएको थियो। प्रसिद्ध शोर मन्दिरको आसपास पानी भित्र हलचल भएका कारण  इतिहासका कैयौ स्मृतिहरू उजागर भएको थियो जसमा खंडहरको पर्खाल, ढुङाका मूर्तिकला तथा अन्य स्मारकहरू भेटिएका थिए।

यो सहरलाई विदेशी पर्यटकहरूले 'द सेभेन पैगोडा' को रुपमा सान्दर्भिक गरेका हुन भन्ने पनि भनाइ छ। जसमध्ये पाँचलाई अहिले पंचरथ (पाँच रथ) को रुपमा हेरिन्छ। यो क्षेत्रमा कैयौं वर्ष अघि आएको एक सुनामीमा सहरको एक हिस्सा समुद्रमा डवेको हुनसक्ने व्याख्या पनि गरिएको छ। यहाँ लगभग चार वर्गकिलोमिटर क्षेत्रमा लगभग ३२ व्यक्तिगत स्मारक छन र त्यसमध्ये १३ पहाडी क्षेत्रमा अवस्थित छ।

मामल्लापुरमको चिनिया कनेक्सन

कला र वास्तुकलाको अलाबा, नरसिंह वर्मन प्रथम केही त्यस्ता राजाहरूको पर्दथे जो युद्धमा कहिल्यै पराजित भएनन्। उनी  व्यापार र साझेदारी गर्नमा पनि निपूण थिए। अन्य मुलुकहरूसँग, विशेष गरेर छिमेकी मुलुकहरूसँग व्यापापरिक साझेदारी गर्नकालागि उनी समझदार मानिन्थे।

केही उपलब्ध साहित्यिक प्रतिवेदन अनुसार पल्लव राजाहरूको चीनसँग व्यापार र रक्षा सम्बन्ध गाँसिएको थियो। जस अनुसार त्यतिबेलाको एउटा शक्तिशाली राष्ट्रको हैसियतमा वर्मनले चीनसँग तिब्बतको विकासलाई नजीकबाट नियाल्नमा सहयोग गर्ने सहमति गरेका थिए।

चीनका एक प्रसिद्ध बौद्ध भिक्षुहरू मध्येका एक बोधिधर्म पल्लव राजाको तेश्रो पुत्र रहेको पनि मानिन्छ। उनले ईस्वी ५२७मा चीनकालागि काँचीपुरमको मामल्लपुरमदेखि चीनसम्मको यात्रा तय गरेका थिए।

पुरातत्वविद र इतिहासकारहरूद्धारा गरिएको विभिन्न अध्ययन अनुसार मामल्लपुरमको चीन, श्रीलंका र अन्य दक्षिण पूर्वी एशियाली मुलुकहरूसँग पनि व्यापारिक सम्बन्ध थियो। चीन,फार्सिया र रोमका सिक्काहरू पनि मामल्ल्पुरममा पाइएको छ। यी सिक्काहरू पल्लवकालागि व्यापारीक केन्द्रका रुपमा काममा आएको थियो।

त्यहाँ वास्तुशिल्पका केही त्यस्ता प्रमाणहरू पनि भेटिएका छन् जसले महेन्द्रवर्मन प्रथम (ईस्वी सन् ६००–६३०) को समयकालभन्दा पछिल्तिरको घटनाक्रमलाई पनि उजागर गर्छ। चिनिया यात्री ह्वेन त्सांङले पनि आफनो यात्रा रेकर्डमा यो समुद्री बन्दरगाहबारे उल्लेख गरेका छन्।

शिखर वार्ताकालागि मामल्लापुरम नै चुन्नुको पछाडि ऐतिहासिक कनेक्सनका अलावा अर्को पनि एक कारण हुनसक्ने अनुमान गरिएको छ।

चिनियाँ राष्ट्रपति सि चिनफिङ र उनका शीर्षस्थ अधिकारीहरूलाई चढेको विमानको अवतरणका लागि निकै ठूलो रनवे आवश्यक पर्छ। शिखर सम्मेलनका लागि छलफल गरिएको सहरहरूमा त्यस्तो रनवे छैन। अन्यथा आफनो निर्वाचन क्षेत्र वाराणसीमा यो शिखर वार्ता गराउने मोदीको चाहना थियो।

चेन्नईमा यस्तो विमान अवतरणकालागि पूर्वाधार हुनु र सबैभन्दा नजीक ऐतिहासिक कनेक्सनको सहर मामल्लापुरम पर्ने भएको हुँदा यही स्थान छानिएको भन्ने पनि छ ।

कारण जे भएपनि २००० वर्ष अघि यो सहरबाट भारत र चीनबीच द्वीपक्षीय व्यापारको बिजारोपण भएको मानिन्छ। आज द्वीपक्षीय व्यापार ६० अर्ब डलर पुगेको छ।

अहिले चीन भारतको दोश्रो ठूलो व्यापारिक साझेदार बनेको छ भने भारत दक्षिण एशियामा चीनको सबैभन्दा ठूलो व्यापारिक भागीदार हो। एक हजार बढि चिनियाँ कम्पनी भारतमा कारोबार गरिरहेका छन्।

चीनको भारतमा ८ अर्ब डलर बराबरको लगानी छ। २ लाख बढी भारतीयलाई रोजगारी दिएको छ। त्यसैगरी चीनमा दुइ तिहाइ बढी भारतीय कम्पनीहरू लगातार मुनाफामा काम गरिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.