'ऋणमा रेल नल्याऊ'

'ऋणमा रेल नल्याऊ'

काठमाडौं : पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र बाबुराम भट्टराईले चीनबाट रेल ल्याउँदा ऋण बोक्न नहुने सुझाव दिएका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणबारे बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा डाकेको परामर्श बैठकमा कांग्रेस सभापति देउवाले चीनसँग ऋण लिएर रेलमार्ग नबनाउन सुझाव दिएका हुन्।

‘रेल हाम्रो आवश्यकता हो कि होइन यसमा अध्ययन जरुरी छ। कांग्रेसले रेलको विरोध गर्दैन। तर, ऋणबाट रेल बनाउँदा के हुन्छ यसमा सोच्न आवश्यक छ’, बैठकमा सभापति देउवाको भनाइ उधृत गर्दै पूर्वपराष्ट्रमन्त्री रामशरण महतले भने। देउवाले भारतबाट रेल ल्याउँदा पनि ऋण गर्न नहुने सुझाव दिएका थिए। कांग्रेसले व्यापार वृद्धिका लागि शून्य भन्सारदरमा जोड दिनुपर्ने सुझाव दिएको छ। यस्तै राजमार्ग विस्तारमा जोड दिनुपर्ने कांग्रेस सुझाव छ।

पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले पनि चीनसँग ऋणको जालोमा नपर्न सुझाव दिए। बैठकपछि डा. भट्टराईले विभिन्न ६ बुँदामा सुझाव सार्वजनिक गरेका छन्। विकास वा कनेक्टिभिटीका कुरा गर्दा कालीगण्डकी पूर्वको नेपालबारेमात्र सोच्न नहुने, ऋणको जालमा नफसी अनुदान र ऋणको सन्तुलन मिलाउनुपर्ने, कर्णाली, गण्डकी र कोसी करिडोर निर्माण गर्नुपर्ने डा. भट्टराईको छ। यस्तै लिपुलेकमा दुई देशीय सहकार्यमा नेपाल पनि जोडिनुपर्ने र चीनसँग सुर्पुदगी सन्धि तत्काल गर्न नहुने सुझाव भट्टराईले दिएका छन्।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले सबै विषयमा तयारी भएपछि बहस गरेर केही फाइदा नहुने भन्दै सरकारलाई मुलुकको हितमा अधिकतम क्षमता प्रयोग गर्न सुझाव दिए।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सुपुर्दगी सन्धि नहुने र विकास परियोजना तथा सम्पर्क सञ्जालको सेरोफेरोमा छलफल हुने बताएका थिए। उनले द्विपक्षीय बैैठकमा रेल, रोड, प्रसारण लाइन, जलविद्युत् परियोजनामा छलफल हुने जानकारी बैठकमा गराएका थिए।

पूर्वप्रधानमन्त्रीले राष्ट्रपति स्तरको भ्रमणलाई त्रिदेशीय सहकार्यमा उपयोग गर्न सक्नुपर्ने सुझाव दिएका छन्। सबै नेताहरूले छिमेकीसँग सम्बन्ध विस्तार गर्दै सहकार्य अघि बढाउनुपर्ने बताएका छन्।

‘सीको भ्रमण अधिकतम फलदायी बनाउन र दुई देशबीचको मित्रतालाई मजबुत र दिगो बनाउन परामर्शले मद्दत पु¥याउनेछ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भने, ‘हाम्रो परराष्ट्र नीतिमा कुनै अस्पष्टता छैन।’ ओलीले नेपाल पञ्चशीलका सिद्धान्त र असंलग्न परराष्ट्र नीतिमा अडिग रहेको बताएका थिए। ओलीले भने, ‘एकको विरुद्ध अर्कासँग लाग्दैनौं, एकका विरुद्ध अर्काबाट परिचालन हुँदैनौं। सबैसँग मित्रता र कसैसँग छैन शत्रुता हाम्रो नीति हो।’

चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई सफल पार्न सबैलाई आआफ्नो क्षेत्रबाट सहयोग गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे। १९९६ मा च्याङ चेमिनलाई स्वागत गरेका तत्कालीन प्रधानमन्त्री देउवाले चिनियाँ अनुभव सुनाएका थिए।

छलफलमा पूर्वप्रधानमन्त्री देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा.भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वपरराष्ट्र मन्त्री र पूर्वराजदूत सहभागी थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चिनियाँ राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणमा शनिबार आउने निश्चित भएलगत्तै सहमति र सम्झौताबारे छलफल सुरु भएको हो। यद्यपि सरकारले सीको भ्रमण तिथि सार्वजनिक हुनुअघि नै एजेन्डा तय गरिसकेको छ। चीनबाट २३ वर्षपछि राष्ट्रपति स्तरको भ्रमण हुन लागेको हो।

बेइजिङले बुधबार राष्ट्रपति सीको नेपाल भ्रमण सार्वजनिक गरेसँगै काठमाडौंले पनि उनको भ्रमण तालिका सार्वजनिक गरेको थियो। सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक वार्तापछि काठमाडौं आउनेछन्।

सी शुक्रबार चेन्नाई हुँदै ममल्लिपुरम पुग्ने कार्यक्रम छ। उनले त्यहाँ भारतीय प्रधानमन्त्री मोदीसँग अनौपचारिक छलफल गर्नेछन्।

 विमानस्थलमै गार्ड अफ अनर

चिनियाँ राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गार्ड अफ अनर दिने तयारी छ। राष्ट्रपति र प्रधामन्त्रीले स्वागत गरेलगत्तै त्यहीं गार्डअफ अनर दिइनेछ। यसअघि विमानस्थलमा गार्ड अफ अनर दिँदा असहजज भएको भन्दै टुँडिखेलमा सारिएको थियो। तर अहिले मौसमको कारण भन्दै विमानस्थलमै गार्ड अफ अनरको तयारी गरिएको परराष्ट्र अधिकारीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.