उदयपुरमा आमा छोरीको हत्या
![उदयपुरमा आमा छोरीको हत्या](https://annapurnapost.prixacdn.net/media/albums/udayapur_20191012055503_aqlPUQiYe2.jpg)
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका-९ चौकीबारीमा गएराति आमा छोरी मृत फेला परेका छन्। घटनामा ३० वर्षीया सारदाकुमारी चौधरी र उनकी ९ वर्षीय रचना चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी हरिकृष्ण केसीले जानकारी दिए ।
केसीका अनुसार घरमा एक्लै रहेको समयमा आमाछोरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। उनीहरुको शव भर्याङमुनि भेटिएको छ ।
‘अहिले घटनास्थलमा अनुसन्धान भइरहेको छ,’ एसएसपी वीरबहादुर बुढामगरले भने, ‘घटनाको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिन्छ।’ घटनाको अनुसन्धानका लागि धरानबाट कुकुरसहितको अपराध अनुसन्धान टोली झिकाएको उनले बताए।
बिहान अबेरसम्म घरमा चालचुल नसुनेपछि छिमेकीले हेर्न जाँदा मृत देखेर प्रहरीलाई खबर गरेका थिए। खबर लगत्तै पुगेको प्रहरीले घटनास्थल सुरक्षा घेरामा राखेको छ।
मृतकको श्रीमान सिताराम चौधरी वैदेशिक रोजगारको सिलसिलामा मलेसिया रहेका छन्। उनको जेठी छोरी भावना चौधरी भने मावली गएकी थिइन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)