चिनियाँ राष्ट्रपति सीको व्यस्त भेटघाट

चिनियाँ राष्ट्रपति सीको व्यस्त भेटघाट

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनिफिङले प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी राजनीतिक भेटवार्ता थालेका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर होटेल सोल्टी फर्केलगत्तै देउवासँग एक्लाएक्लै भेट गरेका हुन्। देउवा पहिलोपटक प्रधानमन्त्री भएका बेला चिनियाँ राष्ट्रपति च्याङ चमिनले १९९६ मा नेपाल भ्रमण गरेका थिए।

नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीचको मित्रता पुरानो छ। अहिले पनि चीनमा वीपी कोइरालाको नाम लिइन्छ। चिनियाँ राष्ट्रपतिले निकै महत्त्व दिँदै कांग्रेस सभापतिलाई सुरुमै भेट गरेको चिनियाँ अधिकारीले बताए।

भेटमा खासगरी चिनियाँ कम्युनिस्ट पार्टी र कांग्रेस बीचको सम्बन्धलाई सहकार्य र थप अन्तरक्रियामुखी बनाउन सीले जोड दिएका थिए। उनले सभापति देउवालाई चीन भ्रमणको निम्तो दिएको सहमहामन्त्री डा.प्रकाशशरण महतले बताए। चिनियाँ राष्ट्रपतिले नेपालमा चीनविरोधी गतिविधि हुन नदिन र चीनसँगको सम्बन्धलाई कांग्रेसले दिएको महत्त्वप्रति धन्यवाद व्यक्त गरेको पनि बताए।

उनले नेपाल चीनको सदाबहार र असल मित्र रहेकाले नेपालको विकासमा चीनले सक्दो सहयोग गर्ने जानकारी दिएका थिए। नेपालले बीआरआई परियोजनामा हस्ताक्षर गरेर त्यसको योजना अघि बढाएको विषयमा पनि उनले जोड दिँदै नेपाललाई हित हुने परियोजनामा चीन उत्साहित रहने सीले स्पष्ट पारेको जानकारी देउवाले दिएको सहमहामन्त्री महतले बताए।

देउवाले सीसँग नेपाललाई चीनले देखाएको सदाशयताप्रति धन्यवाद दिँदै नेपालको विकास परियोजनामा सहयोग, लगानी, पर्यटन क्षेत्र प्रवद्र्धनमा सहकार्य गर्न आग्रह गरेका थिए।

देउवासँगको भेटलाई निकै अर्थपूर्ण भनिएको छ। करिब २० मिनेट भएको भेटमा विकास सहकार्यकै कुराकानी भएको देउवाले बताए।

चीनले नेपालको पूर्वाधार विकासमा गर्दै आएको सहयोगको प्रशंसा गर्दै पूर्वप्रधानमन्त्री देउवाले आर्थिक रूपमा विश्वकै उदीयमान मुलुक चीनबाट नेपालको विकासमा थप लगानीका लागि आग्रह गरेका थिए।

सभापति देउवाले एक चीन नीतिमा नेपाल र आफ्नो पार्टी प्रतिबद्ध रहेको तथा नेपालमा चीनविरुद्ध हुने कुनै पनि गतिविधि आफूहरूलाई स्वीकार्य नहुने धारणा सीसँग राखेका थिए।

देउवालाई भेट्नुअघि विमानस्थलमा नै राष्ट्रपति सीले प्रधानमन्त्री केपी ओलीसँग एक्लाएक्लै भेटेका थिए। भारतको महिबलपुरममा भारतका प्रधानमन्त्रीसँग ६ घण्टा एक्लाएक्लै कुराकानी गरेका सीले यहाँ पनि एक्लाएक्लै भेटलाई प्राथमिकता दिएका छन्।

उनले आइतबार सत्तारुढ दलका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग एक्लाएक्लै भेट्ने छ। होटल सोल्टीमा सीसँग दाहालले आइतबार बिहान १०:३० बजे भेट गर्ने कार्यक्रम छ।

यसअघि सी भ्रमणको तयारीका लागि नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यीले पनि दाहालसँग एक्लै भेटेका थिए। यो भेटमा भएको कुराकानी बेइजिङले सार्वजनिक गरेपछि उनी विवादमा परेका थिए। सीले अन्य नेतालाई शनिबार राष्ट्रपतिले दिएको रात्रिभोजमा संक्षिप्त परिचयात्मक भेट गरेका छन्।

सत्तारुढ दलका पूर्वप्रधानमन्त्री तथा सचिवालय सदस्यसहित सीले भेटघाट गर्ने कार्यक्रम छ। ९ सदस्यीय नेकपाको सचिवालय सदस्यमध्ये प्रधानमन्त्री ओली भेटमा सहभागी नहुने बताइएको छ। सचिवालय सदस्यसँगको सामूहिक भेटवार्ता लगत्तै दाहालले एक्लै सीसँग कुराकानी गर्ने दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए। दाहालसँगको भेटपछि प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता हुनेछ भने त्यसपछि दुई देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुने कार्यतालिका छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.