बझाङको सिलदेवी जात्रा सुरु
बझाङ : बझाङ जिल्लाको सदरमुकाम चैनपुरम लाग्ने प्रसिद्ध धार्मिक तथा ऐतिहासिक सिलदेवी जात्रा आइतबार सुरु भएको छ। कोजाग्रत पूर्णिमाको दिन बाट सुरुहुने यो मेला जिल्लाको प्रसिद्ध र प्रमुख मेलामा रुपमा मानिने हुदाँ विभिन्न कार्यक्रम गरि चार दिनसम्म मनाइन्छ।
मेलालाई जिल्ला भरीका मान्छेको भेटघाट गर्नेथलोका रुपमा पनि चिनिन्छ। मेलालाई व्यवस्थित गर्न पछिल्लो समय महिला महिला, पुरुष-पुरुष र महिला पुरुषका डेउडा खेल, सांस्कृति कार्यक्रम, सडक नाटक, राजनीतिक पार्टीका भेटघाट कोणसभा कार्यक्रम पनि यसै समयमा गर्ने हुँदा यसलाइ मिनि महोत्सवका रुपमा पनि लिइने गरिन्छ।
जात्रामा भलिबल र सांस्कृतिक कार्यक्रम हुने हुँदा चार दिनसम्म मनाइन्छ। यस वर्ष पनि गाउँपालिका स्तरीय महिला महिला, पुरुष-पुरुषबीच भलिबल खेल र डेउडा खेल हुने मेला व्यवस्थापन समितिका संयोजक दलबहादुर विष्टले बताए।
मेलामा सुर्मादेवीको मन्दिरमा पूजा गरिन्छ। यसपालीको मेलामा गाउँपालीका स्तरीय र निर्वाचन क्षेत्र स्तरिय बझाङ आइडलको पनि फाइनल अडिसन रहेको हुदाँ मान्छेको शनिबार देखिनै भिडभाड लागेको छ। स्थानीय कलाकारको प्रतिभा उजाजर गर्न यस्तो खालको कार्यक्रम गरेको आइडल संचालन गर्ने केशव जोशीले बताए।
जात्रा व्यवस्थापनका लागि जयपृथ्वी नगरपालीका १० का वडाअध्यक्ष दलबहादुर विष्टको संयोजत्वमा मुल समारोह गठन गरिएको छ। पुरुष भलिबल प्रथमका लागि १ लाख पुरस्कार र महिलाका लागि ५० हजार पुरस्कार तोकिएको छ। देउडा प्रतियोगिताका लागि पनि पहिलो पटक २० हजार पुरस्कारको व्यवस्था गरिएको छ।
छिमेकी जिल्ला बाजुरा, बैतडी, अछाम, डोटी, डडेलधुरासम्मका डेउडा खेलाडी र भतmजन पनि मेला हेर्न आउने गर्दछन्।
प्रतिक्रिया दिनुहोस !