खुलामञ्चमा फेरि टहरा

खुलामञ्चमा फेरि टहरा

काठमाडौं : खुलामञ्चमा फेरि व्यवसायीले कब्जा जमाएका छन्। अस्थायी बसपार्क रहेको यसक्षेत्रमा काठमाडौं महानगर र गुठी संस्थानको मिलेमतोमा व्यवसायीले फेरि कब्जा गरेका हुन्। ६ महिनाअघि काठमाडौं महानगरले बसपार्कका ४० टहरा हटाएको थियो। स्थानीयको चर्को गुनासोपछि अवैध संरचना हटाउन महानगरका मेयर विद्यासुन्दर स्वयम त्यहाँ पुगेका थिए।

बसपार्कको दुईमाजु गुठी मन्दिर परिसरमा व्यवसायीले पुनः अस्थायी टहरा निर्माण गरेका छन्। धार्मिक र सांस्कृतिक महत्व जोडीएको दुईमाजु मन्दिर रहेको क्षेत्रमा अहिले १७ व्यवसायीले टहरा ठड्याएका छन्। व्यवसायीले त्यहाँ रेडिमेड कपडा, फलफूल, झोला, उपहार आदिका पसल खोलेका छन्। गुठी संस्थानले उक्त स्थानलाई मन्दिर परिसरमा आवश्यक पुजा सामाग्री राख्न र सामन्य सरसफाइ गर्न भन्दै टहरा बनाउन अनुमति दिएको हो।

गुठी संस्थानबाट टहरा बनाउन अनुमति लिएको व्यवसायीले अरूलाई करारमा व्यवसाय गर्न दिएका हुन्। गोरखा भिमसेन गाउँपालिका तान्द्राङ–७ की अमृता भट्टराइले १७ व्यवसायीलाई करारमा व्यवसाय सञ्चालन गर्न दिएकी हुन्। उक्त स्थानमा व्यवसाय गर्न पाँच वर्षको अनुमति लिएकी भट्टराइले प्रतिस्टल ३५ हजार रुपैयाँ लिएर भाडामा दिएकी हुन्। ०७५ मंसिर २१ मा काठमाडौं महानगर–२८ अन्तर्गत उक्त मन्दिर परिसरको खाली जग्गामा सामान्य व्यवसाय गर्न गुठी संस्थानबाट सम्झौता भएको हो।

गुठी संस्थान र अमृता भट्टराईबीच १३ सर्तमा सम्झैता भएको छ। संस्थानले मासिक १५ हजार लिई ६ महिनाको ९० हजार गुठी संस्थानलाई दिने सम्झैतामा उल्लेख छ। सम्झौता पत्रमा गुठी संस्थान शाखा कार्यालय काठमाडौंका निवर्तमान कार्यालय प्रमुख वैकुण्ठप्रसाद रेग्मी र अमृता भट्टराइको हस्ताक्षर छ। हाल उक्त मन्दिर परिसरमा मरिण ठाकुर इन्टरनेशनल प्रा.लि. अन्तर्गत व्यवसाय सञ्चालनमा ल्याइएको छ।

मन्दिर परिसरमा व्यवसाय चलाउनेमा झलकप्रसाद गेलाल, दुर्गा शाह, अनिताकुमारी थापा, अमृता मैनाली, सुरेन्द्र मानन्धर, टेकबहादुर जोगी, होमबहादुर खड्का, दिपक गौतम, भगवानप्रसाद शर्मा, रेशमबहादुर पाण्डे लगायत छन्। उक्त स्थानमा व्यवसाय गर्न महानगरमा व्यवसाय दर्ता समेत गरिएको छ।

काठमाडौं महानगरले पनि मन्दिर परिसरमा टहरा बनाउन अनुमति दिएको छ। २८ वडा अन्तर्गत पर्ने बसपार्क क्षेत्रमा टहरा निर्माण गर्न काठमाडौं महानगर भवन निर्माण इजाजत विभागका प्रमुख सुरज शाक्यले स्विकृति दिएका छन्। गुठी संस्थानले यही स्विकृतिलाई आधार मानेर मन्दिर परिसरमा स्टल राख्न व्यवसायीलाई अनुमति दिएको हो।

व्यवसायीले टहरा पुनः निर्माण गरेपछि उक्त स्थानबाट टहरा हटाउ प्रयास भएको वडा नम्बर २८ का वडाध्यक्ष भाईराम खड्गीले जानकारी दिए। वडाको सिफारिस बिनै गुठी संस्थान र महानगरले व्यवसाय सञ्चालन गर्न दिएकोमा अध्यक्ष खड्गीले आपत्ति जनाएका छन्।

गुठी संस्थानका प्रमुख शैलेन्द्र पौडेलका अनुसार सम्झौताभन्दा बाहिर गएर मापदण्ड विपरित टहरा निर्माण भएको जन गुनासो आएपछि प्राविधीक टोलीलाई प्रतिवेदन प्रस्तुत गर्न लगाएको छ। प्रमुख पौडेलले भने, ‘केहि दिनमै प्रतिवेदन आएपछि मापदण्ड विपरित बनाएको भेटिए भत्काइने छ।’   
व्यवसायीक कब्जामा
सपना महर्जन
खुलामञ्चमा फेरि व्यवसायीले कब्जा जमाएका छन्। अस्थायी बसपार्क रहेको यसक्षेत्रमा काठमाडौं महानगर र गुठी संस्थानको मिलेमतोमा व्यवसायीले फेरि कब्जा गरेका हुन्। ६ महिनाअघि काठमाडौं महानगरले बसपार्कका ४० टहरा हटाएको थियो। स्थानीयको चर्को गुनासोपछि अवैध संरचना हटाउन महानगरका मेयर विद्यासुन्दर स्वयम त्यहाँ पुगेका थिए।

बसपार्कको दुईमाजु गुठी मन्दिर परिसरमा व्यवसायीले पुनः अस्थायी टहरा निर्माण गरेका छन्। धार्मिक र सांस्कृतिक महत्व जोडीएको दुईमाजु मन्दिर रहेको क्षेत्रमा अहिले १७ व्यवसायीले टहरा ठड्याएका छन्। व्यवसायीले त्यहाँ रेडिमेड कपडा, फलफूल, झोला, उपहार आदिका पसल खोलेका छन्। गुठी संस्थानले उक्त स्थानलाई मन्दिर परिसरमा आवश्यक पुजा सामाग्री राख्न र सामन्य सरसफाइ गर्न भन्दै टहरा बनाउन अनुमति दिएको हो।

गुठी संस्थानबाट टहरा बनाउन अनुमति लिएको व्यवसायीले अरूलाई करारमा व्यवसाय गर्न दिएका हुन्। गोरखा भिमसेन गाउँपालिका तान्द्राङ–७ की अमृता भट्टराइले १७ व्यवसायीलाई करारमा व्यवसाय सञ्चालन गर्न दिएकी हुन्। उक्त स्थानमा व्यवसाय गर्न पाँच वर्षको अनुमति लिएकी भट्टराइले प्रतिस्टल ३५ हजार रुपैयाँ लिएर भाडामा दिएकी हुन्। ०७५ मंसिर २१ मा काठमाडौं महानगर–२८ अन्तर्गत उक्त मन्दिर परिसरको खाली जग्गामा सामान्य व्यवसाय गर्न गुठी संस्थानबाट सम्झौता भएको हो।

गुठी संस्थान र अमृता भट्टराईबीच १३ सर्तमा सम्झैता भएको छ। संस्थानले मासिक १५ हजार लिई ६ महिनाको ९० हजार गुठी संस्थानलाई दिने सम्झैतामा उल्लेख छ। सम्झौता पत्रमा गुठी संस्थान शाखा कार्यालय काठमाडौंका निवर्तमान कार्यालय प्रमुख वैकुण्ठप्रसाद रेग्मी र अमृता भट्टराइको हस्ताक्षर छ। हाल उक्त मन्दिर परिसरमा मरिण ठाकुर इन्टरनेशनल प्रा.लि. अन्तर्गत व्यवसाय सञ्चालनमा ल्याइएको छ।

मन्दिर परिसरमा व्यवसाय चलाउनेमा झलकप्रसाद गेलाल, दुर्गा शाह, अनिताकुमारी थापा, अमृता मैनाली, सुरेन्द्र मानन्धर, टेकबहादुर जोगी, होमबहादुर खड्का, दिपक गौतम, भगवानप्रसाद शर्मा, रेशमबहादुर पाण्डे लगायत छन्। उक्त स्थानमा व्यवसाय गर्न महानगरमा व्यवसाय दर्ता समेत गरिएको छ।

काठमाडौं महानगरले पनि मन्दिर परिसरमा टहरा बनाउन अनुमति दिएको छ। २८ वडा अन्तर्गत पर्ने बसपार्क क्षेत्रमा टहरा निर्माण गर्न काठमाडौं महानगर भवन निर्माण इजाजत विभागका प्रमुख सुरज शाक्यले स्विकृति दिएका छन्। गुठी संस्थानले यही स्विकृतिलाई आधार मानेर मन्दिर परिसरमा स्टल राख्न व्यवसायीलाई अनुमति दिएको हो।

व्यवसायीले टहरा पुनः निर्माण गरेपछि उक्त स्थानबाट टहरा हटाउ प्रयास भएको वडा नम्बर २८ का वडाध्यक्ष भाईराम खड्गीले जानकारी दिए। वडाको सिफारिस बिनै गुठी संस्थान र महानगरले व्यवसाय सञ्चालन गर्न दिएकोमा अध्यक्ष खड्गीले आपत्ति जनाएका छन्।

गुठी संस्थानका प्रमुख शैलेन्द्र पौडेलका अनुसार सम्झौताभन्दा बाहिर गएर मापदण्ड विपरित टहरा निर्माण भएको जन गुनासो आएपछि प्राविधीक टोलीलाई प्रतिवेदन प्रस्तुत गर्न लगाएको छ। प्रमुख पौडेलले भने, ‘केहि दिनमै प्रतिवेदन आएपछि मापदण्ड विपरित बनाएको भेटिए भत्काइने छ।’  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.