डाक्टर छैनन् स्वास्थ्य केन्द्रमा

डाक्टर छैनन् स्वास्थ्य केन्द्रमा

बैतडी : मेलौली नगरपालिका–७ बनालीका मानबहादुर चन्दकी छोरी सावित्री चन्दले गत जेठमा आत्महत्या गरिन्। छोरी गुमाएको पीडा चन्द परिवारमा थियो नै तर शवको पोष्टमार्टम गर्न डाक्टर नहुँदा कहाँ पुर्‍याउने भन्ने अर्को पीडा थपियो। नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र केशरपुरमा डाक्टर नहुँदा मेलौली नगरपालिकाको संयोजनमा पाटनबाट डाक्टर बोलाएर शवको पोष्टमार्टम भयो।

गत फागुनदेखि प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा तल्लोसोराडबासीले पोष्टमार्टमका लागि पाटन अथवा सदरमुकाम पुग्नुपर्ने बाध्यता छ। ‘१६ वर्षपछि २०७४ को अन्तिमतिर एकजना डाक्टर आउनुभयो। तर उहाँको यसैबर्ष संघमा समायोजन र अध्ययन बिदा स्वीकृत भएपछि प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहिन भएको छ’ मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले भने, ‘यताबाट डाक्टर जीवन कार्की गएपछि पनि पोष्टमार्टम गर्नुपर्ने ३ ओटा केस आए। एउटा जिल्लाबाट डाक्टर बोलाएर गर्‍र्यौं। दुईवटा पाटन पठाउन बाध्य भयौं।’

डाक्टर अभावले तल्लोसोराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकले सानो समस्याका लागि पनि सदरमुकाम धाउने गरेका छन्। ‘चोटपटक लागेका बिरामी पनि प्राथमिक स्वास्थ्य केन्द्रमा आउँछन्। एक्सरे गर्ने एकजना अहेव तालिम लिएका छन् तर त्यसको रिपोर्टिङ गर्ने डाक्टर नहुँदा बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता छ’ प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिष्टेन्ट मुकेशकान्त दयालले भने।

उपचारको आशले स्वास्थ्य केन्द्र पुगेका बिरामी उपचार नपाइ फर्किने गरेका छन्। स्थानीय केशवसिंह भाटले भने, ‘एक वर्षसम्म डाक्टर हुँदा केही सजिलो थियो। तर फेरी डाक्टर गएपछि पुरानै समस्या दोहोरिएको छ।’ यो स्वास्थ्य केन्द्र स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सूचिकृत पनि हो। सो संस्थामा बीमा गरेका नागरिकले निःशुल्क उपचार पाउनुपर्ने हो। सूचीकृत स्वास्थ्य संस्थामा मेडिकल अधिकृत, आफ्नै फार्मेसी, एक्सरे सेवा, इसीजी सेवा लगायत हुनुपर्ने हुन्छ। तर केशरपुर यी कुनै पनि सेवा सुविधा छैनन्। यसले गर्दा स्वास्थ्य बीमा पनि प्रभावकारी छैन।

स्वास्थ्य बीमा गरेका नागरिक निःशुल्क उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्ने गरे पनि उपचार नपाउँदा रित्तो हात फर्किने गरेको एचए दयालले बताए। यहाँ मेडिकल अधिकृतसँगै एक जना स्टाफ नर्सको पनि दरबन्दी छ। तर स्टाफ नर्सको दरबन्दी विगत एक वर्षदेखि खाली नै छ। स्टाफ नर्स र डाक्टर दुवै नहुँदा सेवाग्राहीलाई समस्या परेको स्थानीय लक्ष्मण पार्की बताउँछन्। ‘सानो समस्या पर्दा पनि हामी भारत वा जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.