किताब बोक्नेलाई बसभाडा मिनाहा

किताब बोक्नेलाई बसभाडा मिनाहा

गएको बिहीबार सन् २०१८ को साहित्यतर्फको नोबेल पुरस्कार घोषणा गरियो। नोबेल पुरस्कार दिने स्विडिस एकेडेमीका केही सदस्य यौनकाण्डमा मुछिएका कारण गत वर्ष नोबेल साहित्य पुरस्कारको घोषणा भएको थिएन। यौनकाण्डका कारण केही सदस्यले एकेडेमीबाट राजीनामा दिएका थिए। 

यस वर्ष सन् २०१८ र २०१९ को नोबेल साहित्य पुरस्कार एकैचोटि घोषणा गरियो। गत वर्षको नोबेल पुरस्कार पोल्यान्डकी लेखक तथा अभियन्ता ओल्गा टोकारजुकलाई प्रदान गरियो। उनका ‘फ्लाइट्स’, ‘द बुक्स अफ ज्याकोब’, ‘ड्राइभ योर प्लाउ ओभर द बोन्स अफ डेड’ लगायत किताब प्रसिद्ध छन्। उनको उपन्यास ‘फ्लाइट्स’ले गत वर्षको म्यान बुकर प्राइज जितेको थियो। 

बिहीबार टोकारजुकले नोबेल साहित्य पुरस्कार पाएको घोषणासँगै पोल्यान्डमा खुशीयाली छायो। उनको शहर व्रोक्लाले उनको सम्मान गर्ने नयाँ तरिका सोच्यो। शुक्रबार नगर प्रशासनले घोषणा गर्‍यो– ‘आइतबार सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुको भाडा मिनाहा गरिनेछ। शर्त यति छ कि यात्रुले टोकारजुकको कुनै किताब साथमा बोकेको हुनुपर्नेछ। अथवा, मोबाइलमा उनको कुनै ई–बुक राखेको हुनुपर्नेछ।’ 

व्रोक्ला नगर प्रशासनका प्रवक्ता सेमिस्ल ग्यालेकीले नगरले टोकारजुकको सम्मानमा यस्तो निर्णय गरेको बताए। ‘हामी टोकारजुकले नोबेल साहित्य पुरस्कार पाएको खुशी नगरवासीहरूसँग बाँड्न चाहन्छौँ,’ उनले भने। 

गत आइतबार नगर प्रशासनले घोषणा गरेबमोजिम व्रोक्ला शहरमा टोकारजुकको किताब बोक्ने थुप्रै यात्रुले गाडी भाडा मिनाहा पाए। यस शहरको जनसंख्या करिब साढे छ लाख छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.