किताबमा कम्प्युटर कक्षा !

किताबमा कम्प्युटर कक्षा !

संखुवासभा : संखुवासभाको उत्तरी क्षेत्र मकालु गाउँपालिका–२, सेदुवा पुग्न सदरमुकाम खाँदबारीबाट एक दिन लाग्छ। सेदुवामा रहेको हिमाद्री माध्यमिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि पर्याप्त ल्याप्टप छन्। तर, सदरमुकामदेखि टाढा रहेका कारण दक्ष शिक्षक र विद्यत् नहुँदा विद्यालयका ३० वटा ल्याप्टप र दुईवटा डेक्सटप कम्प्युटरको सही सदुपयोग हुन नसकेको विद्यालयका प्रधानाध्यापक प्रेमकुमार राईले बताए।

विद्यालयमा कम्प्युटर विषय पढाइ हुने भए पनि प्रयोगात्मक कक्षा नहुँदा विद्यार्थीलाई ल्याप्टप खोल्न र बन्द गर्नमात्र सिकाइएको कक्षा आठमा अध्ययनरत छात्रा हेमकला जैरुले बताइन्। उनले भनिन् ‘विषय शिक्षक नहुँदा कम्प्युटरको प्रयोगात्मक कक्षा प्रभावकारी छैन।’

विद्यालयमा कम्प्युटर विषय पढाइ भएपनि प्रयोगात्मक नहुँदा कम्प्युटर कक्षा प्रभावकारी हनु नसकेको जैरुको भनाइ छ। कक्षा नौमा अध्यायरत छात्र दीपेन्द्र राई भन्छन्। ‘प्रयोगात्मक विषय शिक्षकले पढाउने मात्र गर्दा बुझ्न गाह्रो हुन्छ।’ दक्ष शिक्षक नहुँदा प्रयोगात्मक विषयलाई सैद्धान्तिक रूपमा मात्र पढाइ हुँदा सिकाइ शुन्य रहेको दीपेन्द्र बताउँछन्। पर्याप्त सामाग्री भए पनि प्रयोगात्मक अध्यायन गराउन नसकेको विद्यार्थीको गुनासो छ।

‘एक दिन भन्दा बढी घाम नलाग्दा सोलार पावर चार्ज नहुने र ल्याप्टपमा पनि चार्ज नहुने हँुदा ल्याप्टप समेत खुल्दैन’, कक्षा ८ मा अध्ययनरत राजकुमारी गुरुङले बताइन्। विद्यालयमा कम्प्युटर विषय राखिए पनि प्रयोगात्मक नहुँदा किताबको भरमा मात्र पढ्न पर्ने राजकुमारीले बताउँछिन्। प्रयोगात्मक परीक्षा बिना दिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ। प्रयोगात्मक कक्षा नहुँदा कम्प्युटर चलाउन समेत नआउने उनी बताउँछिन। सोलार चार्ज नभएको समय कम्प्युटर प्रयोगशाला हेरेर फर्कनु परेको अनुभव राजकुमारीको छ। प्रयोगात्मक ज्ञान लिनुपर्ने विषयमा सैद्धान्तिक ज्ञान मात्र पाउनु विद्यार्थीको बाध्यता छ।

विद्यालयमा कम्प्युटर विषय भए पनि विषय शिक्षकको अभाव भएको विद्यालयका प्रअ प्रेमकुमार राईले बताउँछन्। प्रअ राईले भने, ‘अन्य विषय अध्यापन गराउने शिक्षकले इन्स्टीच्युट गएर केहिदिन सिकेको भरमा पुरै कम्प्युटर विषय पढाउनु पर्ने बाध्यता रहेको छ।’

छोटो समयको अध्ययन पछिनै कक्षामा गएर पढाउँदा गुणस्तर समेत नभएको प्रअले बताए। विषय शिक्षक ‘शिक्षक सेवा आयोग’ बाटै पठाए मात्र कम्प्युटर गुणस्तरीय हुने उनको भनाइ छ।

विद्यालयलाई कोरियाको कोम होङ्गील संस्थाले १९ वटा ल्याप्टप निःशुल्क उपलब्ध गराएको थियो। ११ ल्याप्टप र चार वटा डेस्टप कम्प्युटर विद्यालय आफैंले खरिद गरेको विद्यालयले जनाएको छ। भोल्टेजका कारण दुईवटा डेस्टप कम्प्युटर बिग्रिएको छ। सोलारको भरमा कम्प्युटर तथा ल्याप्टप प्रयोग गर्नुपर्दा भोल्टेजका कारण चाँडो बिग्रिएर मर्मत गर्नुपर्ने बाध्यता रहेको छ।

कम्प्युटर सामान्य समस्या आए बनाउन सदरमुकाम खाँदबारी नै पुर्‍याउनु पर्ने भएकाले तत्काल लैजान समेत समस्या हुने गरेको छ। करिब ४ घण्टाको पैदल यात्रपछि गाउँपालिकाको केन्द्र नुम पुगिन्छ।

गाउँपालिकाको कन्द्रबाट सदरमुकम खाँदबारी पुग्न ३८ किलोमिटरको कच्ची सडकको यात्रा गर्नु पर्छ। दुर्गम भएकाले विद्युत् विस्तार नहुँदा सौर्य बत्तिबाट विद्युतिय सामाग्री प्रयोग गर्नु पर्ने बाध्यता छ। विद्यालयमा भएका सौर्य बत्तिले सबै ल्याप्टपहरु समेत चार्ज नहुँदा एक साथ प्रयोगात्मक कक्षा सञ्चालन गर्न समस्या भएको उनी बताउँछन्।

कक्षा ६ बाट ८ सम्मका विद्यार्थीलाई कम्प्युटर विषय पढाइने गरेपनि प्रभावकारी रूपमा प्रयोगात्मक कक्षा भने सञ्चालन गर्न नसकिएको प्रअ राईको भनाइ छ। विद्युत् विस्तारका लागि स्थानीयको श्रमदानमा विद्युत्का पोल र तार चार वर्ष पहिलेनै सेदुवा पुर्‍याइएको भए पनि अहिलेसम्म विधुत् विस्तार हुन सकेको छैन। मकालु गाउँपालिकाको केन्द्र नुम बजारमा केही समय अगाडि मात्र केन्द्रीय विद्युत् लाइन पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.