महागढीमाईमा क्रिकेट प्रतियोगिता : वीरगन्ज र हेटौडा विजयी

महागढीमाईमा क्रिकेट प्रतियोगिता : वीरगन्ज र हेटौडा विजयी

कलैया : बाराको महागढीमाई नगरपालिकामा बुधबारदेखि सुरु भएको टि-२० क्रिकेट प्रतियोगितामा वीरगन्ज र हेटौडा बिजयी भएका छन् । महागढीमाईस्थित रंगशालामा भएको खेलमा वीरगन्जले आयोजक महागढीमाई स्पोर्टस् क्लब र महावीर क्रिकेट क्लब हेटौडाले कलैया क्रिकेट क्लबलाई पराजित गरेको हो । 

लेट्स प्ले स्पोर्टसको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजकविरुद्ध वीरगन्ज युथ क्रिकट क्लबले ६ विकेटको जीत हात पार्‍यो । समय अभावका कारण १० ओभरमा छोट्याइएको खेलमा वीरगन्जले टस जितेर ब्याटिङ गर्दै चार विकेट गुमाएर १३६ रनको योगफल तयार पारेको थियो । उसका लागि म्यान अफ दि म्याच समिम अंसारीले जोडे । 

जवाफी ब्याटिङमा उत्रिएको आयोजकले वीरगन्जको चुनौतीको सामना गर्न सकेन् । १३७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको आयोजकले १० ओभरमा दुई विकेट गुमाएर ५२ रन मात्रै जोड्न सक्यो ।

यसैगरी दोस्रो खेलमा हेटौडाले कलैया क्रिकेट क्लबमाथी एक विकेटको जीत दर्ता गरेको हो । निर्धारित २० ओभरमा टस जितेर ब्याटिङ रोजेको कलैयाले आफ्नो सम्पूर्ण विकेट गुमाएर ७२ रन मात्र जोड्न सक्यो । कलैयालाई सस्तैमा समेटने क्रममा हेटौडाका रामनरेश गिरिले उत्कृष्ट बलिङ गर्दै पाच विकेट लिए । कलैयाले प्रस्तुत गरेको लक्ष्य पछ्याउनमा मैदानमा आएको हेटौडाले १५ ओभरमा ९ विकेट गुमाएर पुरा गर्‍यो । 

विभिन्न ६ टीमको सहभागिता रहेको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्नेछ । प्रतियोगिता अन्तर्गत बिहीबार पहिलो खेलमा युनाइटेड क्रिकेट क्लब र महावीर क्रिकेट क्लब भिड्नेछन् भने दोस्रो खेल काठमाडौं र आयोजकबीच हुने प्रतियोगिता निर्देशक प्रबल गौतमले जानकारी दिए । प्रतियोगिताको उद्घाटन महागढिमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.