भीरबाट खसेर अछाममा दुईजनाको ज्यान गयो

भीरबाट खसेर अछाममा दुईजनाको ज्यान गयो

अछाम : भीरबाट खसेर दुईजनाको ज्यान गएको छ । रामारोशन गाउँपालिका ७ सुतारका १० वर्षीय अम्मर भण्डारी र बान्नीगढ जयगढ गाउँपालिका ६ दर्नाका ५२ वर्षीय नारायण शाहको ज्यान गएको हो ।

भण्डारीको बाख्रा चराएर फर्किने क्रममा र शाहको दाउरा काट्न जाने बेलामा भीरबाट खसेर बुधबार ज्यान गएको प्रहरीले जनाएको छ । भीरबाट लडेर करिब ५० मिटर तल बाँसको झारीमा परेका भण्डारीको घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन्। मृतक भण्डारी कालिका इङ्लिस बोर्डिङ स्कुलका कक्षा १ का छात्र हुन्।

साँझ अबेरसम्म पनि घर नआएपछि परिवारले खोजी गर्दा दाउरा काटेको स्थानदेखि करिब ५० मिटर तल शाह मृत अवस्थामा भेटिएको वडाध्यक्ष कृष्णबहादुर कडायले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.