भर्नामा किर्ते गर्ने तीन सैनिक पक्राउ

भर्नामा किर्ते गर्ने तीन सैनिक पक्राउ

काठमाडौं : सैन्य भर्नामा अनियमितता गरेको आरोपमा तीन सैनिक अधिकारी परेका छन्। पक्राउ पर्नेमा २३ जना सेटिङकर्ता र नक्कली परीक्षार्थी पनि छन्। हवल्दार र दुई जवान सैनिक हिरासतमा छन्। जंगीअड्डाले अनुसन्धान प्रक्रियामा रहेको भन्दै उनीहरूको नाम खुलाएको छैन।

सैनिक प्रहरीले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। भर्ना छनोट भइरहेको सुर्खेतस्थित उत्तरपश्चिम पृतना हेडक्वार्टरमा परीक्षार्थीका लागि नक्कली परिचयपत्र बनाई किर्ते गरेको आरोप उनीहरूविरुद्ध लागेको छ। सोही केन्द्रमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाउने वास्तविक परीक्षार्थी ६ जना पनि पक्राउ परेका छन्। गैरसैनिकविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ।

सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सैन्य भर्ना प्रक्रियामा अनियमिता गर्नेमाथि अनुसन्धान भइरहेको बताए। ‘अनियमिततामा संलग्न सैनिक अधिकारीसमेत पक्राउ परेका छन्’, प्रवक्ता पाण्डेले अन्नपूर्णसँग भने।

उनीहरूले स्वविवेकले किर्ते गरे वा माथिको आदेश पालना गरेका हुन् भन्नेबारे सैनिक मुख्यालयले अनुसन्धान गरिरहेको छ। उनीहरूको अन्य कनेक्सनबारे सैनिक प्रहरी अनुसन्धानमा छ। भर्ना अनियमिततामा अधिकृत तहका सैनिकसमेत तानिने सम्भावना छ।

भर्ना छनोटमा अनियमितता रोक्न जंगीअड्डाले भर्ना केन्द्रलगायत स्थानमा सैनिक जासुस छाडेको छ। सादा पोसाकमा खटिएका उनीहरूले सेटिङ गर्ने सैनिक अधिकारी र बिचौलियाको पहिचान गरेका थिए। फरार रहेका केहीको खोजी भइरहेको सेनाले जनाएको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापा योग्य व्यक्तिले मात्र सेनामा प्रवेश पाऊन् भन्ने पक्षमा छन्। बिचौलियाले सैन्य भर्नामा विभिन्न चरणमा उत्तीर्ण परीक्षार्थीको घर–घरमा गएर अर्को चरणमा पास गराइदिने भन्दै पैसा लिने गरेका थिए। उनीहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ। सेनाले गत साउन १९ गते ५ हजार ८ सय सैन्य पदका लागि आवेदन मागेको थियो। सेनाले ४० भर्ना केन्द्रबाट भर्ना लिइरहेको छ।

गत वर्ष सैनिक मुख्यालयले छनोट प्रक्रियामा अनियमितता गर्ने तीन अधिृकतसहित १ सय १२ सैनिक अधिकारीलाई बर्खास्त गरेको थियो। तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीका पालामा आर्थिक सेटिङमा गर्भवतीलाई पनि भर्ना गराउन लागेको पाइएको थियो। अन्तर्वार्ताका क्रममा गर्भवती भएको खुलेपछि छनोट समितिले उनको परीक्षा प्रक्रिया रद्द गरेको थियो।

अनियमितता नहोस् भनेर सेनाले छनोट प्रक्रियामा थप कडाइ गरेको छ। बायोमेट्रिक्स प्रणालीबाट परीक्षार्थीको कागजपत्र परीक्षण गरिएको छ। सेनाले भर्ना छनोट प्रक्रियालाई स्वच्छ, निष्पक्ष र स्वस्थ प्रतिस्पर्धात्मक बनाउन प्रमाणीकरण गर्ने स्थान (भेरिफिकेसन डेस्क) स्थापना गरेको छ।

सुर्खेत प्रहरीले सैन्य भर्नामा सहभागी नौ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। सेनाको जुम्लास्थित नम्बर २४ बाहिनी अड्डाबाट २ जना र कैलालीस्थित नम्बर ५ बाहिनी अड्डामा भर्ना छनोट चलिरहेका बेला ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। प्रहरीले अन्य तीन केन्द्रमा लेनदेनमा संलग्न ३ सेटिङकर्ता र नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.