बैतडीमा ट्रक दुर्घटना : चालकको मृत्यु
बैतडी : बैतडीमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा ट्रकका चालक दार्चुला नौगाड गाउँपालिका सिप्टीका धनसिंह धामीको मृत्यु भएको बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । ट्रकमा चालक मात्रै रहेका उनले बताए ।
धनगढीबाट दार्चुलातर्फ गइरहेको ग्यास बोकेको से १ ख १९२३ नम्बरको मिनी ट्रक बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा बिहीबार बिहान २ बजे दुर्घटनामा परेको पाण्डेले बताए ।
ट्रक सडकबाट २०० मिटर तल खसेको छ । चालक निदाएको वा ब्रेक फेल भएर ट्रक दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
४