स्काभेटरले किचेर एकको मृत्यु, चालक फरार

स्काभेटरले किचेर एकको मृत्यु, चालक फरार

बैतडी : चार दिनअघि बैतडीको दशरथ चन्दनगरपालिका ९ ग्वाल्लेकमा सडक खन्न गएको डोजरले स्थानीय गौरा जोशीलाई हुत्याएर घाइते बनाएको घटना सेलाउन नपाउँदै बिहीबार मेलौलीमा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ।

सडक खन्न गएको डोजरले च्यापेर एकजनाको मृत्यु भएको छ।बैतडीको मेलौली नगरपालिका ५ मा सडक खन्न गएको स्काभेटरले किच्दा शुक्रसिंह पुजाराको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्ष कडिल्ली नारायण पाण्डेकाअनुसार मेलौली नगरपालिका ६ लामालेकदेखि ५ पेल्यासम्मको सडकखन्न गएको (एस के २२० केडिएन) नम्बरको स्काभेटर फर्किने क्रममा सोही स्काभेटरमा जाँदै  गरेका शुक्रसिंह पुजाराको खसेर मृत्यु भएको जानकारी दिएका छन्।

स्काभेटर चालक दशरथ चन्दनगरपालिका २ देहिमाडौंका शेरीराम बोहरा फरार रहेको र उनको  खोजी भइरहेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.