बेइजिङको समर प्यालेसमा ‘सुन्दर नेपाल’

बेइजिङको समर प्यालेसमा ‘सुन्दर नेपाल’

बेइजिङ : बेइजिङको यूनेस्को सम्पदामा सुचीकृत समर प्यालेसमा ‘सुन्दर नेपाल’ नामक फोटो प्रदर्शनी कार्तिक ७ गते बिहीबारबाट आरम्भ भएको छ। बेइजिङको पर्यटकीय गन्तव्य, प्रतिदिन हजारको संख्यामा पर्यटकले भ्रमण गर्ने उक्त समर प्यालेसको तालको किनारामा नेपालको विशेषता झल्किने ६० वटा फोटो सजाइएका छन्। 

दुई हप्तासम्म चल्ने उक्त प्रदर्शनीले नेपालको अधिकतम प्रचार-प्रसार हुने आयोजक संस्था बेइजिङस्थित नेपाली दूतावास, विदेशी मुलुकसँगको मैत्रीपूर्ण सम्बन्धका लागि बेइजिङ जनसंघ र बेइजिङ उद्यान व्यवस्थापन केन्द्रको अपेक्षा छ।

तालको किनारामा सजाइएका बन्जी जम्पिङको फोटो हेर्दै एक चिनियाँले आफूलाई नेपाल भ्रमणको साहसीक स्मरण भएको बताए। उनले आफू दुई पटक नेपाल गइसकेको पनि बताए। बेइजिङस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले फोटो अवलोकन गरिरहेका उत्सुक चिनियाँलाई गैंडाको फोटो देखाउँदै नेपालले केही वर्षअघि चीनलाई उपहारस्वरुप उपलब्ध गराएको जानकारी दिए। 

प्रदर्शनीमा नेपालको प्राकृतिक दृश्य, सम्पदास्थल, वन्यजन्तु, साहसीक खेल तथा संस्कृति झल्किने तस्बिर राखिएका छन्। नियोग उपप्रमुख लम्सालले आफ्नो मन्तव्यमा यस प्रदर्शनी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन एउटा प्रयास भएको पनि बताए। साथै लम्साललगायत आयोजककातर्पmबाट चिनियाँ वक्ताले हालै भएको चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमण स्मरण गर्दै नेपाल चीन सम्बन्धमा नयाँ अध्याय थपेको बताए। 

उक्त फोटो प्रदर्शनीबाट जनस्तरमा सम्बन्ध बलियो हुने र चिनियाँका लागि एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा नेपालको चित्रण हुने आशा पनि व्यक्त गरे। 

विदेशी मुलुकहरूसँगको मैत्रीपूर्ण सम्बन्धका लागि बेइजिङ जनसंघका उपाध्यक्ष सु पानसङ, नेपाली दूतावासका तर्फबाट नियोग उपप्रमुख सुशीलकुमार लम्साल र बेइजिङ उद्यान व्यवस्थापन केन्द्रका निर्देशक वाङ चोङहुइले संयुक्त रुपमा रिबन काटेर प्रदर्शनीको उद्घाटन गरेका थिए।

उद्घाटन कार्यक्रममा बेइजिङमा अध्ययनरत् नेपाली विद्यार्थीहरू मनिला कार्की, महीमा गुरुङ र चन्द्र तामाङले नेपाली नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा चिनियाँ, विदेशी कूटनीतिज्ञ तथा चीनमा पढ्दै बस्दैआएका नेपालीको उपस्थिति थियो।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.