प्रदेशमा जनताको चाहना अनुसार विकास हुन्छ : मुख्यमन्त्री राई

प्रदेशमा जनताको चाहना अनुसार विकास हुन्छ : मुख्यमन्त्री राई

भोजपुर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारको अवधिभर जनताले चाहे जस्तै विकास गरेरै छाड्ने बताएका छन्। शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नगर कमिटी भोजपुरको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै राईले ३ वर्षको अवधिभित्रै सबै किसीमका विकास गरिने प्रतिबद्धता जनाएका हुन्। 

१ प्रदेश सबै कुराले पूर्ण रहेको बताउदै राईले प्राकृतिक स्रोत र साधनलाई अधिकतम प्रयोगमा ल्याएर विकासको चरणमा अगाडि बढाउने बताए। मुख्यमन्त्री राईले भने, ‘यो प्रदेशलाई समृद्ध बनाउने गरी मैले काम अगाडि बढाएको छु, प्रदेशसँगै भोजपुर पनि समृद्धिको बाटोमा अगाडि बढ्छ।’

विकासका लागि सबै जिम्मेवारी आमनागरिकले समयको महत्वलाई बुझेर काम गर्नु पर्ने मुख्यमन्त्री राईको भनाइ छ। ‘तपाई हामी यो देशका सचेत नागरिक हौँ’, उनले भने, ‘हामीले प्रत्येक सेकेन्ड समयको महत्वलाई बुझेर जिम्मेवारी बहन गर्न आवश्यक छ।’ 

प्रदेश सरकारले विकासलाई प्राथमिकतामा राखेर प्रशस्त बजेट विनियोजन गरेपनि योजनामा सोचे अनुरुप खर्च नभएको उनले चिन्ता व्यक्त गरे। साथै उनले आफ्नो क्षेत्रमा भइरहेका कामको जनताले आफैँ निगरानी गर्नुपर्ने बताए। ‘विकास गर्न प्रदेश सरकारले करोडौँ बजेट छुट्यायो र काम पनि भइरहेको छ। जनताले पनि विकास निर्माणका कामको निगरानी र खबरदारी गर्नुपर्छ’, मुख्यमन्त्री राईले भने। 

प्रदेशबाट सञ्चालन हुने विकास निर्माणका कामलाई प्रभावकारी, गुणस्तरीय र जनमुखी ढंगले सम्पन्न गराउन अनुगमन समिति गठन गर्ने तयारी भइरहेको उनले बताए। 

मुख्यमन्त्री राईले १ सय पर्यटकीय गन्तव्यमा सूचीकृत भएको मुन्दुम ट्रेलका लागि दुई करोड विनियोजन गरेको समेत जानकारी दिए। यसबाहेक जिल्लाका ठूला सडक योजना र पक्की पुल निर्माणका योजनाको काम आफ्नो कार्यकालभित्र सम्पन्न गर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.