छठको पूजा समाग्रीमा डोमको सुपलीदेखी किसानको सुथनीसम्म
गौशाला : निष्ठा र श्रद्धापूर्वक घरघरमा मनाइने महानपर्व छठ पूजा धमधाम चलिरहेको छ। रेडियोमा छठका मधुर गीत गुञ्जिएरहेका छन्। बजारमा पूजा समाग्री किनमेल भइरहेको छ।
सुखशान्ति, सन्तानप्राप्ति र अरोग्य हेतु मनाइने छठ पर्वको किनमेल गर्न बजारमा भिड बढेको छ। छठ पर्वको स्वागतको लागि मिथिलानी अहिले अन्तिम तयारीमा रहेका छन्।
पछिल्लो समयमा आएर चिनियाँ वस्तुको कारोबारमा बिक्री भएता पनि छठ पर्व मनाउन डोम समुदायले निर्माण गरेको सुपली, डाला, नाङ्गलो भने चोखो हुने गरेको गौशालानगरपालिकाका यूवा नेता रमेश महतोले बताउँछन्।
किसानले उत्पादन गरेको उखु, सुथनी, कागती, अदुवा लगायत ७२ प्रकारका कृषी उत्पादन पूजा समाग्रीको रुपमा प्रयोग गरिन्छ।








प्रतिक्रिया दिनुहोस !
३