छठ तयारीमा सिंगारियो वीरगन्ज (फोटो/भिडियो)

छठ तयारीमा सिंगारियो वीरगन्ज (फोटो/भिडियो)

वीरगन्ज : छठ पर्वको दोस्रो दिन शुक्रबार खरना मनाइँदैछ। खरनाका दिन गाईको गोबरले घर लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर दिनभरी ब्रतालु निराहार ब्रत बस्ने गर्छन् र राति चन्द्रमालाई खिर चढाएर सोही प्रसाद ग्रहण गर्ने गर्छन्। 

महाभारतकालमा द्रौपतिसहित पाण्डवहरुले अज्ञात बासमा रहँदा गुप्तबास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन  छ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ।

यसैबीच वीरगन्जलगायत ग्रामीण क्षेत्रका मुख्य छठ घाटहरूको सम्पूर्ण तयारी पूरा हुन लागेको छ। पर्सा, बारालगायतका मध्य तराईका जिल्लामा छठ पूजाको अन्तिम तयारी तीव्र रुपमा भइरहेको हो। छठ पर्व मनाउनेहरु पोखरीको डिल र नदीको किनारको सरसफाइ गर्दै आ-आफ्ना पूजास्थल सुरक्षित गर्नमा तल्लिन भएर जुटेका छन्। 

मध्यतराईका जिल्लामा रहेका छठी घाटहरूमा सरसफाई, सजावट र व्यवस्थापनका कामहरू तीव्र रुपमा भइरहेको छ। योसँगै छठपूजाका लागि चाहिने पूजा सामाग्री, फलफुल, लुगाकपडा किन्नेहरुको पनि बजारमा शुक्रबार पनि निक्कै घुइँचो लागेको छ।

अन्नपूर्णकर्मी क्रान्ति शाहको क्यामरामा कैद भएका छठ पर्वका तस्बिर :


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.