११ दिनसम्म पनि पक्राउ परेनन् खुकुरी हान्‍ने

११ दिनसम्म पनि पक्राउ परेनन् खुकुरी हान्‍ने

धनगढी : प्रदेशको राजधानी धनगढीमा वडा प्रहरी कार्यालयदेखि दुई सय मिटरमै युवकमाथि हमला भएको ११ दिन बितिसक्दासमेत प्रहरीले आक्रमणमा संलग्न समूहलाई नियन्त्रणमा लिन सकेको छैन। 

धनगढी उप–महानगरपालिका–४ उत्तरवेहडीका २२ वर्षीय एसपी भट्टमाथि धनगढी उपमहानगरपालिकाको शिवनगरका युवाले कार्तिक ६ गते राति खुकुरी प्रहार गरेका थिए।

कात्तिक ६ गते राति धनगढीको शुभश्री प्यालेसमा भइरहेको मिस सुदूरपश्चिमको कार्यक्रम हेरेर फर्किरहेका बेला, हसनपुर भन्ने स्थानमा भट्टमाथि ६-७ जनाको समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

भट्टको टाउकोमा १८ वटा टाँका लागेका छन् भने उनको नाडीको आधाभाग काटिएको छ। उनको कान्छी औला छिनेको छ। 

भट्टका आफन्तले घटनामा संग्लन रहेको भन्दै धनगढीकै सन्तोष शाह, विराट बोगटी र अनिष रावलविरुद्ध किटानी जाहेरी दिएका छन्। तर प्रहरीले किटानी दिएको एक हप्तसम्म पनि आक्रमणका संलग्नलाई पक्राउ गरेको छैन। 

घाइते भट्टको धनगढीको निसर्ग अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएको थियो।

‘छोराको चार दिनसम्म अस्पतालमा उपचार गराएपछि धनगढी फर्किने बित्तिकै जिल्ला प्रहरी कार्यालय कैलालीमा कात्तिक १० गते किटानी दिएका थियौँ,’ बुबा घटश्याम भट्टले भने, ‘घटनामा संग्लन खुला घुमिरहेका छन्, तिहार मनाएको फोटो फेसबुकमै हालिरहेका छन्, तर प्रहरीले पक्राउ गर्न चाँसो दिएको छैन्।’ 

छोरामाथि आक्रमण भएकै राति वडा प्रहरी कार्यालयलाई समेत जानकारी गराइएको उनले बताए। यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीले घटनामा संग्लनको खोजी भइरहेको बताए। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.