जनकपुरमा यसरी मनाइँदैछ छठ (फोटो/भिडियो)
जनकपुरधाम : यतिबेला तराई मधेस छठ पूजामा होमिएको छ। अन्य ठाउँ जस्तै जनकपुरधाममा पनि सामाजिक सद्भावको उत्कृष्ट पर्वको रुपमा छठ मनाइएको हो।
शनिबार छठ पर्वको तेस्रो दिन साँझ सूर्यास्तसँगै अर्घको तयारी स्वरुप जनकपुरधामका विभिन्न पोखरी, तलाउ, कुवा तथा इनारमा छठका सामग्री राखिएका छन्। अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठ सम्पूर्ण सामग्रीसहित ब्रतालुहरु घाटमा पुगेका हुन्।
जानकपुरस्थित छठ घाट पुगेर गोविन्द महताेले कैद गरेका तस्बिर :