जनकपरधामबाट भ्रमण वर्ष

जनकपरधामबाट भ्रमण वर्ष

जनकपुरधाम : २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ जनकपुरबाट शुभारम्भ गरिएको छ। प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामबाट बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले शुभारम्भ गरेका हुन्।

सरकारले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने हिसाबले २०२० लाई नेपाल पर्यटन वर्ष (नेपाल टुरिजम इयर) घोषणा गरी थालेको अभियान विधिवत सुरु भएको हो। नेपालमा सन २०३० भित्र वार्षिक ५० लाख विदेशी पर्यटक भित्र्याउने महत्वाकांक्षी योजनाका साथ अभियान प्रारम्भ गरिएको हो।

जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा आयोजित एक भव्य समारोहबीच प्रदेश सरकार र नेपाल सरकारका प्रतिनिधिको उपस्थितिबीच शुभारम्भ गरिएको हो। नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेशका उद्योग वन तथा पर्यटनमन्त्री रामनरेश रायले संयुक्त रूपमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरे।

नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ नेपालकै पवित्र भूमि जनकपुरधामबाट गर्न आफूलाई अत्यन्तै हर्षको अनुभूति भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भटराईले बताए। उनले भने, ‘प्रदेश २ को कला, संस्कृति, सभ्यतालाई धार्मिक केन्द्रको हबको रूपमा विकास गर्न सकियो भने सम्पूर्ण नेपालको विकास गर्न सहज हुने अभिप्रायका साथ अभियानको सुरुवात जनकपुरबाट गरिएको हो।’

मन्त्री भट्टराईले प्रदेश २ मा सयांै धार्मिक तथा पर्यटकीय स्थल रहेकाले यसलाई देशबाहिरका पर्यटकसँग जोड्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले भने, ‘पर्यटनको प्रचुर सम्भावना बोकेको प्रदेशमा पर्यटन संस्कृतिको विकास गर्न नसकेकाले सोचे अनुरूप यसको फाइदा उठाउन नसकिएको छैन, अब हामीले रामायण सर्किटको माध्यमबाट बर्सेनि हजारौं पर्यटक भित्र्याउन आवश्यक छ।’

हिन्दू धर्मावलम्बीको प्रमुख धार्मिकस्थल रामायण, बुद्ध सर्किटजस्ता पुरातात्विक तथा ऐतिहासिक मौलिकता बोकेको स्थानलाई किटान गरी पर्यटन प्रवद्र्धनलाई बढाबा दिन सकिने उनले बताए। उनले भने, ‘पर्यटन करिडोर तोकौं र जनकपुरधाम, पशुपति, मुक्तिनाथ, मनकामनाजस्ता धार्मिक महत्त्वका स्थललाई जोडेर भारतलगायत विश्वका हिन्दूलाई यहाँ ल्याउन सकिए देशको आर्थिक विकासको मुहान फुटनेछ।’

उद्घाटनमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पर्यटन वर्षमा पर्यटक भित्र्याउन सफा, सुन्दर, स्वच्छ वातावरण आवश्यक भए पनि पर्यटक जनकपुर आउँदा यहाँको फोहर र दुर्गन्धले भाग्ने गरेको बताए। उनले भने, ‘हामी यहाँबाट अन्यत्र जाँदा पैसा खर्च गर्छौं, तर यहाँ अन्यत्रका मानिस आएर फोहर गरेर जान्छन्। अनि कसरी हुन्छ, पर्यटन प्रवद्र्धन, यसका लागि आवश्यक वातावरण बनाउनुपर्छ।’

मिथिला र मैथिली संस्कृति र सभ्यता प्राचीनकालदेखि नै अग्रणी स्थानमा रहेको दाबी गर्दै मिथिलाको गौरव गाथा उजागर गर्ने दायित्व यहाँको सरकारको रहेको उनले बताए।

प्रदेश २ बाट मुख्यमन्त्री राउतले संघीय सरकारले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ प्रदेश २ बाट गरेकोमा कृतज्ञता व्यक्त गरे। प्रदेश २ मा हिन्दू धर्मको मात्रै नभई अन्य धर्मका अनुयायीको विभिन्न तीर्थस्थल रहेकाले सबैलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको उनले बताए। सबै पर्यटकीय स्थलको विकास गरेर धार्मिक पर्यटन प्रवद्र्धन गर्न प्रदेश सरकार कटिबद्ध रहेको उनले बिचार व्यक्त गरे।

भ्रमण वर्षका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले जनकपुरबाट भ्रमण वर्षको सुरुवात देशकै लागि सुखद् हुने विश्वास व्यक्त गरे। उनले भने, ‘ज्ञानभूमि, तपोभूमि जनकपुरबाट भ्रमण वर्ष सफल हुने हाम्रो विश्वास छ, यसले आन्तरिक रोजगारीको अवसर सिर्जना गर्नुका साथै आयमासमेत बढोत्तरी हुन्छ।’

प्रदेश २ का ८ जिल्लाबाट ४० पर्यटकीय स्थल भ्रमणका लागि छनोट गरिएको छ। प्रत्येक जिल्लाबाट ५/५ गरी ४० वटा स्थल छनोट गरिएको नेपाल भ्रमण वर्ष प्रदेश २ का सदस्य देवनारायण मण्डलले जानकारी दिए। उनकाअनुसार प्रत्येक जिल्लाबाट १/१ गरी ८ वटा पर्यटकीय स्थल थप गर्ने योजना रहेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.