श्रीमती हत्या आशंकामा श्रीमानसहित दुईजना पक्राउ

श्रीमती हत्या आशंकामा श्रीमानसहित दुईजना पक्राउ

वीरगन्ज : पर्साको जीराभवानी गाउँपालिका ३ परसवाकी नितु देवी पासवानको हत्याको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले मृतक नितुका श्रीमान् रामबाबु पासवान र श्रीमान‍्का भिनाजुलाई नियन्त्रणमा लिएको हो । दुवैजनालाई सोमबार बिहान पासवानकै घरमा सुतिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।  

घाँटी रेटेर हत्या गरी फालिएको अवस्थामा नितुदेवीको शव फेला परेको थियो। ठोरी गाउँपालिका ५ को ओरिया खोलादेखि पूर्वतिरको झाडीमा शव आइतबार बेलुकी फेला परेको हो। घटनाको जानकारी पाएलगत्तै पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिहं राठौरको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी उपरीक्षक राठौर र प्रहरी नायव उपरीक्षक गौतम थापा सहितको टोलीले घटनास्थलमा पुगेर घटनाको मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको थियो । 

त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले मृतक नितुका श्रीमान् पासवान र पासुवानका भिनाजुलाई अनुसन्धानका सोमबार बिहान नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

मृतक नितु देवीका छिमेकीका अनुसार नितुका श्रीमान् पासवानको परस्त्रीसँग अनैतिक सम्बन्ध रहेको नितुले थाहा पाएपछि पासवानले श्रीमति नितुको हत्या गरेका हुन् । आइतबार नितुलाई भारतमा रहेको ससुराली घरमा पुरयाइदिने भन्दै पासवानले घरबाट उनलाई मोटरसाइकलमा चढाएर निस्किएका थिए । 

तर बाटोमै उनले नितुलाई खोलाको झाडीमा लगेर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको उनका छिमेकीले बताएका छन् । प्रहरी उपरीक्षक राठौरले भने शंकास्पद दुईजनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको भन्दै अनुसन्धान पछि विस्तृत विवरण जानकारी दिइने बताए ।   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.