प्रथम सुनकोसी कपको उपाधि भैरवलाई

प्रथम सुनकोसी कपको उपाधि भैरवलाई

सिन्धुली : सिन्धुलीको सुनकोसी गाउँपालिकामा पहिलो पटक आयोजित प्रथम सुनकोसी कप फुटबल २०७६ को उपाधी काठमाडौंको भैरव फुटबल क्ल‍बको पोल्टामा पुगेको छ। सुनकोसी युवा समाजले आयोजना गरेको फुटबलको फाइनल खेलमा आयोजक सुनकोसी युवा समाजलाई २-१ गोल अन्तरले हराउँदै भैरव फुटबल क्लव प्रथम भएसँगै उपाधि आफ्नो पोल्टोमा पार्न सफल भएको हो ।

विजेता भैरव फुटबल क्लबले नगद ५१ हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता सुनकोसी युवा समाजले ३१ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा कुशेश्वर युनाइटेड क्लब तेस्रो भएको छ । उक्त क्लबले ११ हजार नगद, मेडल, शिल्ड र प्रमाणपत्र पाप्त गरेको छ । भैरव फुटबल क्लबका अनिल लामाले वेष्ट डिफेन्डरको पुरस्कार प्राप्त गरेका आयोजक समाजका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । 

भैरव फुटबल क्लबकै रन्जीत गुरुङ उत्कृष्ठ गोलकर्ताका रुपमा छनौट भएका छन् । शुभदिपावलीको अवसर पारेर यही कार्तिक १३ गतेबाट सुरु भएको प्रतियोगिता विजयीलाई उक्त गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले नगद तथा शिल्ड र मेडल प्रदान गरे।खेलमा सिन्धुली, रामेछाप, काठमाडौंलगायत १६ वटा टिमको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.