कोरम नै पुग्दैन, भत्ताको चिन्ता

कोरम नै पुग्दैन, भत्ताको चिन्ता

काठमाडौं : दसैंतिहारको एक महिना लामो बिदापछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समिति बैठक मंगलबार बोलाइयो। राज्य व्यवस्थामा समितिमा संघीय निजामी सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा बनेको विधेयकमाथिको छलफल थियो। अर्थ समितिमा भने नागरिक लगानी कोषसम्बन्धी विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो।

बिहान १० बजे बोलाइएको राज्य व्यवस्था समिति बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालगायतको उपस्थिति थियो।

सभापति शशी श्रेष्ठसहित ९ जना सदस्य बैठकमा सहभागी भए। तर कोरम नपुगेको भन्दै बैठक स्थगित भयो। करिब आधा घण्टा बसेपछि मन्त्री पण्डित फर्किए। बैठकमा सभापति श्रेष्ठसँगै जनार्दन शर्मा, झपट रावल, डा. डिला संग्रौला, मीना पाण्डे, अमरेशकुमार सिंह, प्रेम सुवाल र पम्फा भुसाल हाजिर गरेर फर्किए।

अर्थ समितिमा पनि सांसदहरू ४५ मिनेट पर्खिएर बसे। तर, कोरम नपुगेपछि समिति सभापति कृष्णप्रसाद दाहालले बैठक स्थगित गरे। बैठकमा सभापति दाहालसँगै ८ जना सांसद उपस्थित थिए। बैठकमा तुलसी थापा, जयकुमार राई, प्रमिला राई, मोतीलाल दुगड, रामकुमारी झाँक्री, श्यामकुमार श्रेष्ठ र सुरेन्द्र पाण्डे सहभागी थिए। सांसदहरूले हाजिर गरिसकेपछि आफूहरू उपस्थित भएको महत्त्व के भन्दै प्रश्न गरे। ‘सभापतिज्यू, स्थगित हुने समिति बैठकमा उपस्थित सांसदको ‘भ्यालु’ के हुन्छ ? ’, सांसद प्रमिला राईले भनिन्, ‘समिति बैठक त हाम्रा कारण स्थगित भएको हैन, हामी त आएका छौं। हाम्रो रेकर्डचाहिँ कहीं रहन्छ कि रहँदैन ? ’

समिति सदस्य मोतीलाल दुगडले पनि राईको भनाइलाई समर्थन गरे। पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भने उनीहरूको प्रश्नलाई भत्तासँग जोडेर उत्तर दिए। ‘सोधिहाल्नुभयो, पकै भत्ताकै कुरा होला’, उनले भने, ‘बैठकमा ट्याक्सी भाडा र बैठक बसेको भत्ता, यो तपाईंहरूले पाउनुहुन्छ चिन्ता नलिनुस्।’ तर, समिति सभापति दाहालले भने भत्ताका विषयमा आफूलाई केही थाहा नभएको बताए।

सांसदले यस्तो जिज्ञासा गरे पनि कोरम नपुगेर बैठक स्थगित हुँदा भत्ता नपाइने संसद् सचिवालयले जनाएको छ। ‘कोरम नपुगेर स्थगित भएको बैठकको भत्ता हुँदैन। यसलाई हामी पछि मिलाउँछौं’, संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले भने, ‘अर्को बैठक बस्दा यसकै निरन्तरता हुन्छ। हाजिरी त्यहाँ गनिन्छ।’

बैठक स्थगित भएपछि हाजिर

अर्थ समितिको बैठक स्थगित भएपछि सांसद जुलीकुमारी महतो पुगिन्। आफू आउँदै गरेको जानकारी गराएकी महतोले बैठक स्थगित भएपछि पनि हाजिरी गराइन्। महतो आउनुअघि नै समिति सभापतिले बैठक स्थगित गरे पनि उनले स्थगित नभएको दाबी गरिन्। ‘बैठक स्थगित भएको थिएन’, उनले भनिन्, ‘सभापति बाहिर आएर छलफल मात्रै गर्दै हुनुहुन्थ्यो।’

कोरम नपुगेर स्थगित भएको बैठकको अन्तिममा भए पनि हाजिर गरेर कुनै महŒव नभएको उनले बताइन्। ‘कोरम नपुगेर स्थगित भएको बैठकको भत्ता आउँदैन। यसको कुनै मतलबै हुँदैन’, उनले भनिन्, ‘फेरि म आएकै हुँ। बैठकका लागि हतार गर्दै आउँदा पनि थापाथलीमा लामो समय जाममा परें।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.