नरपानीमा कार दुर्घटना : एकै परिवारका तीनजनाको मृत्यु, दुई घाइते (अपडेट)

नरपानीमा कार दुर्घटना : एकै परिवारका तीनजनाको मृत्यु, दुई घाइते (अपडेट)

सन्धिखर्क : सन्धिखर्कको नरपानीमा बुधबार बिहान भएको कार दुर्घटनामा एकै घरका ३ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ। गोरुसिङ्गे-सन्धिखर्क सडकखण्डको नरपानीमा बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा एकै घरका ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए। 

दुर्घटनामा २ जना घाइते भएका छन्।  कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो । मृत्यु हुने र घाइते हुने सबै एकै परिवारका रहेका छन् । दुई भाइ छोरा र आमाको मृत्यु भएको छ । एक भाई र उनैका जेठा दाजुका छोरा घाइते भएका हुन्। 

घटनामा रुपन्देहीको सैनामैना नगरपालिका  २ मुर्गियाकी ८० वर्षीय दुर्गादेवी खड्का, उनका छोरा ४३ वर्षीय भक्तबहादुर खड्का र अर्का छोरा ३९ वर्षीय तिलबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो । 

घाइते हुनेमा चालक ४९ वर्षीय गंगाबहादुर खड्का र निजका जेठो दाजुका छोरा २५ वर्षीय विनोद खड्का रहेका छन्। घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको छ। 

अर्घाखाँचीको पाणिनि गाउँपालिका ७ अड्गुरीको झन्द्रेकमा पहाड घर भएका उनीहरु रुपन्देही जिल्लाको सैनामैना नगरपालिका २ मुर्गियामा बस्दै आएका थिए । अड्गुरीको झन्द्रेकमा रहेको घर जग्गामा गाउँकाले खेती गर्दै आएको र उक्त जग्गा पास दिनका लागि उनीहरु सन्धिखर्क आउँदै गरेको उनका आफन्तले जनाएका छन्। 

कार सडकबाट करिब एक सय ५० मिटर तल खसेको छ । ओरालो बाटोमा तीब्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.