वीरगन्जमा नाचे गोविन्दा

वीरगन्जमा नाचे गोविन्दा

वीरगन्ज : बलिउड अभिनेता गोविन्दा आहुजाले नेपाल, नेपाली र नेपाली चलचित्र क्षेत्रका बारेमा खुलेरै प्रशंसा गरेका छन्। नेपाली चलचित्र स्वर्णिम महोत्सवका अवसरमा नेपाल आएका अभिनेता गोविन्दाले नेपाली र नेपालीपन सबैभन्दा बढी मनपर्ने बताए।

दियालो लर्डस् होटल बाहिर दिउँसैदेखि शुभचिन्तकको भीड नहटेपछि बेलुकी ८ बजे मात्रै सुरक्षाकर्मीको सहयोगमा गोविन्दा श्रीमती सुनितासँगै महोत्सवस्थल आदर्शनगर रंगशालामा पुगेका थिए।

त्यहाँ गोविन्दा र उनको प्रस्तुति हेर्न दिउँसैदेखि प्रतिक्षा गरेर बसेका शुभचिन्तकको भीड लागेको थियो।भीड बढ्न थालेपछि उनलाई मञ्‍चसम्म पुर्‍याउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो। 

मञ्‍चमा श्रीमती सुनितासँगै उक्लिएका गोविन्दाले सुरुमा नेपाल, नेपाली र नेपाली चलचित्र क्षेत्रका बारेमा खुलेर प्रशंसा गरे । उनले भने, 'मलाई यो साबित गर्नु छैन कि मैले नेपाल र नेपालीलाई कति धेरै माया र प्रेम गर्छु। किन कि जबजब म नेपाल आउँछु मलाई यहाँबाट पाइने प्रेम र अपनत्वले नै पुष्टि गर्दै आएको छ।'

नेपाली चलचित्र क्षेत्रका लागि देशमा मात्र नभइ विदेशमा पनि प्रचुर सम्भावना रहेको उनले बताए । उनले भने, 'म चाहन्छु नेपाली फिल्म इण्डस्ट्रिजले पुरै विश्वमा अझ धुम मचाओस् , नेपालको फिल्म र कलाकारको नाम विश्वरभरि नै चलोस्।'

नेपाल र नेपाली चलचित्रका बारेमा करिब ४ मिनेट आफ्ना कुरा राखेपछि गोविन्दाले आफू अभिनय गरेका बलिउडका केही चलचित्रका गीतमा आफ्नो प्रस्तुति पस्किए।हिन्दी चलचित्र आँखे, दुल्हे राजा, हसिना मान जाएगी ,बडे मिया छोटे मिया, पार्टनरका गीतमा नृत्य गरेका गोविन्दालाई नेपाली कलाकार निरुता सिंह, रेजिना उप्रेती, दिपाश्री निरौला, दिपकराज गिरी, आकाश अधिकारीलगायतले पनि साथ दिएका थिए.
 
नेपाल चलचित्र निर्माता संघको आयोजनामा बिहीबारदेखि सुरु भएको तीन दिने चलचित्र महोत्सवमा बिहीबार बेलुकीको सांगीतिक साँझमा नेपाली चलचित्रका अन्य कलाकारले पनि प्रस्तुति दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.