सम्पत्ति शुद्धीकरणमा तानिए आलम

सम्पत्ति शुद्धीकरणमा तानिए आलम

गौर : १२ वर्षअघिको घटनामा पक्राउ परेका मोहम्मद अफ्ताब आलम सम्पत्ति शुद्धीकरणमा पनि तानिएका छन्। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइएका आलमलाई सम्पत्ति शुद्धीकरण विभागले उपस्थित गराउन भनेको छ। यसका लागि विभागले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गरेको हो।

प्रहरीले शुक्रबार जिल्ला अदालतमा आलमको थुनछेक बहस चलिरहेको र छुट्ने भए प्रहरीमा उपस्थित गराउन पत्राचार गरेको छ। आलममाथि विभागले पनि छानबिन गरिरहेको जनाइएको छ।

आलमविरुद्धको मुद्दामा शुक्रबार पनि थुनछेक बहस भएको छ। जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा वादीका तर्फबाट कानुन व्यवसायीले बहस गरे। कानुन व्यवसायी डा. युवराज संग्रौला, कुमार शर्मा आचार्य, गोविन्द शर्मा, ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी, आशिषराम कार्की, मनीषकुमार श्रेष्ठ, पुष्पराज पौडेलले बहस गरेको स्रेस्तेदार गुणराज पराजुलीले बताए। पर्साका न्यायाधिवक्ता रुद्रप्रसाद पन्थी, रौतहटका सहायक न्यायाधिवक्ता रुद्रप्रसाद पन्थीले पनि बहस गरे।

पूर्वमहान्यायाधिवक्ता डा. संग्रौलाले पहिलो पटक प्रहरी सुरक्षामा बसेर बहस गर्नुपरेको बताए। जाहेरवाला, साक्षी असुरक्षित रहेकाले बयान फेर्न थालेको उनको भनाइ थियो। अधिवक्ता अर्यालले १२ वर्षअघिको घटना दबाउन तत्कालीन गृह प्रशासनको पनि भूमिका रहेको जिकिर गरे। तत्कालीन गृहमन्त्री र प्रहरी प्रमुखलाई पनि अनुसन्धानमा तान्नुपर्ने माग उनले गरे। अधिवक्ता पौडेलले घटनालगत्तै त्यस स्थानको प्रहरी निरीक्षकलाई फिर्ता बोलाउने मध्यक्षेत्रीय प्रहरी प्रमुख किरण गौतम, जिल्ला प्रहरी, जिल्ला प्रशासन प्रमुखलाई पनि अनुसन्धान गर्नुपर्ने बताए।

२०६४ चैत २७ गते भएको बम विस्फोटका घाइते तथा मृतकलाई इँटाभट्टामा जलाएको आरोपमा आलम असोज २६ गते पक्राउ परेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.