ब्रुमर खरिदमा अनियमितता

ब्रुमर खरिदमा अनियमितता

काठमाडौं  : काठमाडौं महानगरपालिकाले ब्रुमर खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ वटा विषयमा सम्पूर्ण फेहरिस्त खुलाउन महानगरलाई पत्र काटेको छ।

ब्रुमर खरिद प्रक्रिया र मूल्य शंकास्पद देखिएको आरोपसहित लिखित उजुरी परेपछि साउनमै अख्यियारले महानगरलाई खरिद प्रक्रियाको ‘डिटेलिङ’ मागेको थियो। अख्तियारले कात्तिक १९ गते पत्राचार गर्दै १५ दिनभित्र ब्रुमर खरिदको सम्पूर्ण कागजात पेस गर्न भनेको थियो। महानगरले पेस गरिएको प्रमाण चित्त नबुझेपछि अख्तियारले पुनः पत्र काटेको हो। अख्तियारले यसपटक एक साताको समय दिएको छ।

महानगरले इटलीबाट पाँच ब्रुमर खरिद गरेको थियो। अनुदानमा थप २ ब्रुमर भिœयाएको छ। पाँच वटा ब्रुमर खरिदमा झन्डै ११ करोडभन्दा बढी खर्च भएको छ।

महानगरका विभागीय प्रमुख देवेन्द्रप्रसाद पोखरेलले उपसमिति बनाएर सम्पूर्ण खरिद प्रक्रिया उनुमोदन भएको बताए। ‘ब्रुमरमा कुनै समस्या छैन,’ प्रमुख पोखरेलले भने, ‘समस्या भए स्मार्ट पार्किङका विभिन्न शीर्षकमा हुन सक्छ।’

करिब दुई साताअघि अख्तियारले पत्र काटेपछि महानगर कागजपत्र जुटाउन दौडधूपमा थियो। महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानले एक साताभित्रै सम्पूर्ण कागजात पेस गर्ने बताएका थिए। अख्तियारले अघिल्लो पत्रमा ब्रुमरको विषय मात्र उठाएको थियो भने यसपटक ब्रुमर खरिद र स्मार्ट पार्किङ, विद्युत् पोलमा विज्ञापन बोर्ड, स्मार्ट सोलार, डस्बिन, सीसी क्यामेरासहित ट्राफिक लाइट जडान खरिदसम्बन्धी विस्तृत विवरण पेस गर्न दुई छुट्टाछुट्टै शीर्षकमा पत्र काटेको छ।

वैशाखमा बसेको काठमाडौं महानगरको ३२ औं बैठकले ठेक्का नदिई ब्रुमर खरिद गर्ने निर्णय गरेको थियो। आयोगले खरिद गरिएको ५ ब्रुमरको बजेटसहित लागत अनुमान, सम्झौता पत्र, बोलपत्र आह्वान स्वीकृत गर्ने निर्णय, आह्वानको सूचना, सम्झौतालगायत १३ शीर्षकमा कागजात मागेको छ।

साथै, स्मार्ट पार्किङ र विज्ञापन बोर्डलगायत ठेक्कापट्टाको समेत विवरण मागेको छ। महानगरले हिल्स ट्रली योर्स नामक संस्थासँगको सहकार्यमा स्मार्ट पार्किङ सुरु गरेको थियो। न्युरोडको रामेश्वर मिठाई पछाडिको भाग, विशाल बजार अगाडि इन्द्रचोक जाने मार्ग, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङ छ। सो पार्किङ ठेक्कामा दिँदा बिनाप्रतिस्पर्धा दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा आयोगले सम्पूर्ण कागजात खुल्नेगरी सात दिनभित्र सबै विवरण पठाउन भनेको थियो।

पत्रमा महानगरले अख्तियारमा ब्रुमर खरिदसम्बन्धी पठाएका विवरण नखुलेको उल्लेख छ। ब्रुमर खरिदमा विभिन्न निकायको मिलेमतो रहेको भन्दै अख्तियारले महानगरलाई बारम्बार आशंका व्यक्त गर्दै आएको छ। हाल प्रयोग भइरहेको ब्रुमरले ७ घनमिटर धुलो संकलन गर्ने र नौ घनमिटर पानी बोक्ने क्षमता राख्छ। अनुदानमा आएका र खरिद गरिएका ब्रुमरको काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका थिए। चुनावका बेला ब्रुमर काठमाडौं भिœयाउने विषयलाई मुख्य एजेन्डा बनाइएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.