अध्यादेशबाट बजेट ल्याउने तयारी भएको छैन : प्रमुख सचेतक पाण्डे


काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेशबाट बजेट ल्याउने तयारी नभएको बताएका  छन्। शुक्रबार संसद भवनमा प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले सदनको गतिरोध हटाउन निरन्तर पहल गरिरहेको भन्दै अध्यादेशबाट बजेट ल्याउने तयारी नभएको बताएका हुन्। 

सहकारीको विषयमा उठेको समस्या समाधान गर्नको लागि कार्यदलले काम गरिरहेको र सहमति जुट्ने उनको भनाइ छ । उनले संसद चलिरहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याउने कुरा उचित नहुने बताए।

सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएको प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेसले अवरोध जनाएपछि आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक र राष्ट्रियसभा बैठक आइतबारसम्मका लागि स्थगित भएका छन्।

आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलपछि पारित गर्ने सरकारको तयारी थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.