भरुवा बन्दुकसहित दुईजना पक्राउ
अछाम : अछाम प्रहरीले एक नाल भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले रामारोशन गाउँपालिका ६ भाटाकाटियाका २१ वर्षीय जगत साउद र २२ वर्षीय लालबहादुर साउदलाई पक्राउ गरेको हो ।
सोमबार राति बन्दुक बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई प्रहरी चौकी शान्तडाको प्रहरी टोलीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !