६ स्काभेटर र जेसीबीमा प्रेसरकुकर बम आक्रमण

६ स्काभेटर र जेसीबीमा प्रेसरकुकर बम आक्रमण

सिन्धुली : सिन्धुलीको दुधौली नगरपालिका १४ स्थित ककुरठाकुरमा गए राती अज्ञात समुहले आधा दर्जन बढी स्काभेटर र जेसीबी (ब्याकलोडर)मा प्रेसरकुकर बम आक्रमण गरिएको छ। 

मारुती सिमेन्ट उद्योगका लागि ककुरठाकुर स्थित चुनढुङ्गा उत्खननमा प्रयोग गर्दै आइएको ६ वटा स्काभेटर र जेसीबीलाई लक्षित गर्दै अज्ञात समुहले बम आक्रमण गरेको प्रहरीले जनाएको छ।
बम आक्रमणबाट एउटा स्काभेटर एउटा जेसीबीमा पूर्णरुपमा क्षति पुगेको र अरु एउटा स्काभेटर र एउटा जेसीबीको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) चक्रबहादुर सिंहले जनाकारी दिए। 

‘राती एकै ठाउँमा पार्किङ गरेर राखिएको अवस्थामा ककुरठाकुर स्थित सिन्धुली र उदयपुर जिल्लाको सिमाना नजिकै रहेको झाँक्रीटारमा अज्ञात समुहले तीनवटा प्रेसर कुकर राखेका थिए। एउटा विस्फोट भएर क्षति पुगेको छ भने अन्य दुई प्रेसरकुकर बम स्काभेटर र जेसीबीमा नै छ,’ सिंहले भने।

स्काभेटर र जेसीबीमा राखिएका बम निस्कृय बनाउन नेपाली सेनाको टोलिी त्यसतर्फ पठाउने तयारी भएको समेत प्रहरी प्रमुख सिंहले जनाए। उनले भने, ‘घटना स्थलमा प्रहरी टोली पुगिसकेको छ। त्यहाँ राखिएका दुईवटा बम डिस्पोज गराउन प्रमुख जिल्लाअधिकारीसँगको समन्वयमा नेपाली सेनाको बम डिस्पोजल टोली त्यस स्थानतर्फ पठाउने तयारी भक्इरहेको छ।’

सिन्धुलीको दुधौली नगरपालिका १३ मा निर्माण व्यवसायी छेत्र बम्जनको स्काभेटरमा आगजनी भएको एक दिन नबित्दै सोही क्षेत्रमा पुनः निर्माण समाग्रीमाथि आक्रमण भएको हो। 

निर्माण व्यवसायी बम्जनसँग विप्लव कार्यकर्ता बताउनेहरुले एक करोड ५० लाख रुपैयाँ चन्दा माग गरिरहेका बेला स्काभेटर जलाएको घटनामा विप्लव कार्यकर्ताहरुकै संलग्नता भएको आशंका गरिएको थियो। पुनः स्काभेटर र जेसीबीमाथि भएको बम आक्रमणमा समेत विप्लव कार्यकर्ताकै सहभागिता हुन सक्ने प्रहरीको अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.