सुरक्षा घेरामा बालविवाह : हेलिकप्टरमा उडाइयो

सुरक्षा घेरामा बालविवाह : हेलिकप्टरमा उडाइयो

जनकपुरधाम : हेलिकप्टर चार्टड गरेर धनुषामा बालविवाह गराइएको घटना बाहिर आएको छ । धनुषाको कमला नगरपालिका ४ बल्हासघारास्थित जनप्रतिनिधिकै सामू बालविवाह गराइएको घटना बाहिर आएको हो ।

कमला नगरपालिका ४ स्थित एक नीजि विद्यालयका सञ्चालक सतार कबारीले आफ्नी छोरीको विवाहमा दुलाह ल्याउन हेलिकप्टर चार्टड गरेका हुन्। कबारीले आफ्नी एकमात्र १६ वर्षीया छोरीको विवाह भव्य बनाउन दुलाहलाई हेलिकप्टर चढाएर विवाहमा स्वागत गरे। 

स्थानीयका अनुसार १८ वर्षीय बेहुला मो. शम्शेर जनकपुरस्थित मोडेल मल्टिपल क्याम्पस कक्षा १२ मा पढ्दैछन्। बेहुली  स्थानीय स्कुलमा कक्षा १० मा पढ्दैछिन्। शनिबार झण्डै १२ बजेको समयमा कबारीको घर नजिकै धान खेतमा हेलिकप्टर अवतरण गराइएको थियो । पहिल्यैदेखि नै गाउँमा छोरीको नमूना विवाह गराउने भनि प्रचार गरिएकोमा हेलिकप्टर चार्टड उत्सुकताले गाउँभरिका हजारभन्दा बढी मानिस हेर्न आएका थिए ।

हेलिकप्टर अवतरण हुनु अगाबै  दुलहीको घरमा करिब दुई दर्जन जीप र कारमा डेढ सय जन्ती अघि नै आइ पुगेकको स्थानीयले बताए । बेलुकी ४ बजेतिर दुलही लगेर जन्ती फर्किएको थियो। विवाह समारोहमा सोही वडाका अध्यक्ष पल्टु कबारी उपस्थित रहे।

तर उनलाई कानुनी रुपमा किशोर- किशोरी दुवै विवाहका लागि अयोग्य भएको थाहा भएपनि दिउँसोभरी विवाहमा रमाएनन् मात्रै सँगै भोज समेत खाए।  उनले अन्नपूर्णसँगको प्रतिक्रियामा भने, 'मलाई के थाहा बालविवाह भएको हो की, के हो ? म सबैको नागरिकता हेर्दै हिँड्छु, क्या हो, गाउँमा हुने विवाहमा निम्तो थियो, भोज खाएर आएँ, अरु मलाई केही थाहा छैन, जसले तपाईलाई जानकारी दियो, त्यहीसँग सोध्नुस् ।'

हेलिकप्टरको सुरक्षामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी खटिए पनि उनीहरुले आफू हेलिकप्टरको सुरक्षामा खटिएको र  विवाहबारे खासै चासो नभएको सहायक प्रहरी निरीक्षक गणेश दुनुवारले बताए । उनले भने, 'इलाका प्रहरी कार्यालय खजूरीबाट निर्देशअनुसार हामीले सुरक्षा दियौं।'  

बालविवाहको घटना सार्वजनिक भएपछि कानुनी झमेला पर्ने डरले केटीको जन्मदर्ता सच्याइएको आशंका गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.