जापानी जागिरे महिलालाई चश्मा लगाउन प्रतिबन्ध

जापानी जागिरे महिलालाई चश्मा लगाउन प्रतिबन्ध

जापानका केही कम्पनीले आफ्ना महिला कामदारलाई चश्मा लगाउन प्रतिबन्ध लगाएका छन्। चश्मा प्रतिबन्धको चौतर्फी आलोचना भइरहेको छ। 

स्थानीय मिडियाका अनुसार केही कम्पनीले महिला कामदारले चश्मा लगाउन नपाउने नियम लागू गरेका छन्। ती कम्पनीको भनाइ छ– ‘चश्माले महिला कामदारलाई रूखो, ठण्डा र अनाकर्षक देखाउँछ।’ व्यक्तिको के लगाउने, के नलगाउने भन्ने स्वतन्त्र इच्छामाथि प्रहार गरिएको भन्दै चश्मा प्रतिबन्धको विरोध भइरहेको छ। 

वायुसेवालगायत केही कम्पनीले भने सुरक्षाका कारण चश्मा प्रतिबन्धित गरेको बताएका छन्। प्रसिद्ध समाचार संस्था बीबीसीका अनुसार जापानका सौन्दर्य तथा फेसन उद्योगहरूले भने महिलामाथि चश्मा प्रतिबन्धलाई उचित ठहराएका छन्। उनीहरूको तर्क छ– ‘चश्माका कारण महिलाको शृंगार र मेकअप छोपिन्छ।’ 

अहिले जापानी सामाजिक सञ्जालमा चश्मा प्रतिबन्धको चर्काे विरोध भइरहेको छ। जापानमा कार्यस्थलमा महिलाले लगाउने पहिरन र एक्सेसरिजबारे पटक–पटक विवाद भएका छन्। गत मार्चमा केही कम्पनीले महिला कामदारले शृंगार गर्नैपर्ने नियम लगाएका थिए। जसको महिलाहरूले कडा विरोध गरेका थिए। त्यसै गरी, केही महिनाअघि सामाजिक सञ्जालमा महिलाको अनिवार्य पोशाक संहितामा प्रतिबन्ध लगाउनुपर्ने माग राख्दै हजारौँले अभियान चलाएका थिए। 

अभिनेत्री तथा स्वतन्त्र लेखक युमी इशिकावाले यो अभियान (जसलाई ‘कुटू’ भनेर चिनिन्छ) को नेतृत्व गरेकी छिन्। उनी अन्त्येष्टि सेवा प्रदान गर्ने एउटा कम्पनीमा आंशिक रोजगार थिइन्। त्यहाँ उनले हाई हिल लगाउनुपथ्र्याे। ‘सधैँभरि कार्यस्थलमा हाई हिल लगाउँदा स्वास्थ्यसम्बन्धी समस्या आउँछन्,’ उनी भन्छिन्, ‘के लगाउने र के नलगाउने भन्ने कुरा व्यक्तिको रुचि र स्वतन्त्रताको विषय हो।’ गत जुनमा जापानी स्वास्थ्य मन्त्री ताकुमी नेमोतोले महिलाका निम्ति कार्यस्थलमा हाई हिल ‘अनिवार्य र उचित’ भएको बताएका थिए। 

क्योटो विश्वविद्यालयकी समाजशास्त्री प्रा. कुमिको नेमोतोले बीबीसीसँग जापानी कम्पनीहरूले महिलाको कामभन्दा रूपरङलाई महत्व दिने गरेको र सोहीअनुसार नियम लाद्ने गरेको बताइन्। ‘महिलाले कार्यस्थलमा चश्मा लगाउनु हुँदैन भन्नुको कुनै अर्थ छैन,’ उनले भनिन्, ‘यो लैंगिक विभेद हो। जापानी कम्पनीहरू महिला कामदारको पहिरन र शृंगारमा ज्यादा ध्यान दिइरहेका छन्, उनीहरूको काम र क्षमतामा होइन। यो अत्यन्त दुःखदायी कुरा हो।’ 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.