उम्मेदवारका मुख्य एजेण्डा खानेपानी र भाषा शिक्षा

उम्मेदवारका मुख्य एजेण्डा खानेपानी र भाषा शिक्षा

फिदिम : विगतको निर्वाचनमा विपक्षी दलका उम्मेद्वारको आलोचनामै समय खर्चने दलका नेताले यसपटक भने आफ्नै एजेण्डालाई प्राथमिकता दिएका छन्। मंसिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिएसँगै उम्मेद्वारले आफ्ना एजेण्डालाई मतदातासमक्ष पु¥याउन जोड दिएका हुन्। उनीहरूले शिक्षा, भाषा र खानेपानीका मुद्दालाई प्रमुख एजेण्डा बनाएका हुन्।

‘यसपटक उम्मेद्वारमा अलि भिन्नपन देखियो,’ फाल्गुनन्दका मणिचन्द्र चेम्जोङले भने, ‘विपक्षीको आलोचनामा खर्चने नेताले अहिले आफ्ना एजेण्डालाई प्राथमिकता दिएका छन्।’ पाँचथरको फाल्गुनन्द गाउँपालिकामा अध्यक्ष पदका लागि निर्वाचन हुने तयारी छ। फिदिम नगरपालिका १ र हिलिहाङ गाउँपालिका ७ को वडाध्यक्षका लागि पनि चुनाव हुने तयारी छ। उम्मेद्वारले प्रतिवद्धता पत्रसहितका एजेण्डा मतदातासमक्ष पु¥याएका छन्।

फाल्गुनन्दमा मातृभाषा शिक्षा दलहरूको मुख्य एजेण्डा बनेको छ। यो गाउँपालिकामा बहुसंख्यक आदिवासी जनजातीको बसोबास छ। ६४ प्रतिशत लिम्बू जाती, १३ प्रतिशत तामाङ जाती र अन्य जनजातिको बासोबास छ। सबै जातजातिको मातृभाषालाई संरक्षण गर्ने उद्देश्यले मातृभाषा शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने कांग्रेस उम्मेद्वार बृजहाङ आङ्देम्बेको प्रतिवद्धता पत्रमा उल्लेख छ। ‘लिम्बू, तामाङ, राईलगायत संस्कृत भाषाबाट फाल्गुनन्दका सबै विद्यालयमा पठनपाठन सुचारु गरिनेछ’, पत्रमा उल्लेख छ।

कांग्रेसले मातृभाषा शिक्षाको एजेण्डालाई प्रमुख बनाएपछि नेकपाले पनि भाषा शिक्षालाई लागू गर्ने भएको छ। फाल्गुनन्दका ४० वटा विद्यालयमा भाषा शिक्षा लागू गर्न प्रदेश सरकारले आवश्यक बजेट छुट्याउने प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले उद्घोष गरेका छन्। नेकपाबाट अध्यक्षको उम्मेद्वार बनेका वीरबहादुर कुरुम्बाङलाई जिताएको खण्डमा उक्त योजना कार्यान्वयन गरिने आङ्बोको तर्क छ। फिदिम नगरपालिका १ को वडाध्यक्षका उम्मेद्वारले खानेपानीलाई मुख्य एजेण्डा बनाएका छन्। फिदिम १ जिल्लाको सदरमुकाम पनि हो। यो ठाउँमा खानेपानीको व्यवस्थित वितरण हुन नसकिरहेको अवस्थामा उम्मेद्वारले खानेपानीलाई प्रमुख एजेण्डा बनाएका हुन्।

नेकपाका उम्मेद्वार गजाधर भट्टराईको प्रतिवद्धता पत्रमा पनि खानेपानीको महशुल घटाइने र बजार क्षेत्रमा व्यवस्थित ढंगले पानी वितरण गर्ने उल्लेख छ। कांग्रेसबाट उम्मेद्वार बनेका सुभराज थापाको प्रतिबद्धता पत्रमा खानेपानीको महशुलमा ५० प्रतिशत छुट दिने उल्लेख छ। उम्मेद्वारले प्रसुति भत्ता, किराया सहायता भत्ता, ज्येष्ठ नागरिक सम्मान भता र भौतिक पूर्वाधारको विकास गर्ने एजेण्डालाई अघि सारेका छन्।

हिलिहाङ गाउँपालिका ६ मा पनि उम्मेद्वारले खानेपानी र सडकलाई प्रमुख मुद्दा बनाएका छन्। उपनिर्वाचनका लागि नेकपा, कांग्रेस, समाजवादी पार्टी, राप्रपा, राप्रपा (संयुक्त) संघीय लोकतान्त्रिक मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी लगायत दलले उम्मेद्वार बनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.