बाफले चल्ने अन्तरिक्ष यान
![बाफले चल्ने अन्तरिक्ष यान](https://annapurnapost.prixacdn.net/media/albums/yan_20191127072456_cqNYujDlwM.jpg)
पहिलो अन्तरिक्ष यान बनाएको आधा शताब्दीपछि वैज्ञानिक अन्तरिक्ष यात्राको अर्काे चरणमा प्रवेश गरेका छन्। सेन्ट्रल फ्लोरिडा विश्वविद्यालयका वैज्ञानिकले क्यालिफोर्नियास्थित एक निजी अन्तरिक्ष टेक कम्पनी हनिबी रोबोटिक्ससँग मिलेर बाफबाट चल्ने अन्तरिक्ष यान बनाएका छन्। यति मात्र होइन, यो सानो यान अन्तरिक्षका जुन क्षुद्र ग्रह, ग्रह र चन्द्रमामा जान्छ त्यहाँको वातावरणबाटै इन्धन प्राप्त गर्न सक्षम हुन्छ।
माइक्रोवेभ आकारको यो यान जुन ग्रह र क्षुद्र ग्रहमा उत्रन्छ त्यहाँ रहेको पानी बाफमा परिवर्तन भएर अन्तरिक्षमा ग्रहको खोजी गर्नेछ। यसले लगातार आफूलाई एकबाट दोस्रो आकाशगंगासम्म अनिश्चित संख्यामा खोजी मिसनमा अगाडि बढाउनेछ। जहाँ पानी र गुरुत्वाकर्षणको दबाब कम हुन्छ त्यहाँ यसले क्षुद्र ग्रहबाट इन्धन एकत्रित गर्न सक्नेछ। वैज्ञानिकले यस यानको नाम वल्र्ड इज नट इनफ (वाइन) राखेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)