पाँचथरमा मतदान सुरु

पाँचथरमा मतदान सुरु

फिदिम : पाँचथरमा फाल्गुनन्द गाँउपालिका अध्यक्षसहित फिदिम नगरपालिका-१ र हिलिहाङ गाँउपालिका-७ को वडाध्यक्षका लागि मतदान सुरु भएको छ। तीनवटै स्थानमा बिहान सात बजेदेखि नै मतदान सुरु भएको मृख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए। 

फिदिम -१ को वडाध्यक्षका लागि भौतिक पुर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङले पनि मतदान गरेका छन्। फिदिम माविको खेल मैदानमा भएको मतदान केन्द्रबाट नेम्बाङले मतदान गरेका हुन्।पाँचथरको तीन पदका लागि भएको निर्वाचनमा जम्मा १७ मतदान स्थलमा ३१ ओटा मतदान केन्द्रबाट मतदान सुरु भएको हो। फाल्गुनन्द गाँउपालिकाको अध्यक्षका लागि २३ वटा केन्द्रबाट मतदान भइरहेको छ। फिदिम १ को वडाध्यक्ष लागि एक स्थलमा रहेको चार वटा केन्द्रबाट मतदान भएको हो। त्यस्तै हिलिहाङ ७ मा तीन स्थलका चार वटा केन्द्रबाट मतदान सुरु भएको हो। 

मुख्य निर्वाचन अधिकृत भट्टराईकाअनुसार फाल्गुनन्द गाँउपालिकामा जम्मा १६ हजार पाँच सय ७७ जना मतदाता रहेका छन्। त्यस्तै फिदिम नगरपालिका १ मा तीन हजार छ सय ७६ मतदाता छन् भने हिलिहाङ ७ मा दुई हजार छ सय मतदाता रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.