सागर, सम्पदा र प्रकृति

सागर, सम्पदा र प्रकृति

काठमाडौं : पाटनढोका छेउमै छ तारा आर्ट ग्यालरी। अक्सर चित्रकलासँग सम्बन्धित कार्यक्रम भइरहन्छ। कहिले छलफल, अन्तरक्रिया चल्छ त कहिले कलाकारको कला प्रदर्शनी। यहाँ नोभेम्बर २२ देखि चित्रकारद्वय विनोद प्रधान र प्रदीप वज्राचार्यको चित्र प्रदर्शन भइरहेको छ। विनोदले फेडिङ सिरिजमा सम्पदा र प्रकृतिलाई चित्रमा उतारेका छन्। यस्तै प्रदीपले ब्लुु ओसन वेभ शीर्षकमा अमेरिकाको सामुुद्रिक दृश्य क्यानभासमा उतारेका छन्।

काठमाडांै वसन्तपुुर आसपासमा हुुर्किएका हुुन्, विनोद। उनलाई असनका कलात्मक गल्ली, ठाउँठाउँका मन्दिर र पौवामा कुुँदिएका कलात्मक आकृतिले खुुब छुुन्थ्यो। नेवारी संस्कृति, जात्रा, मेला, पर्वमा प्रयोग हुुने सांस्कृतिक सम्पदा गहिरिएर हेर्थे। स्कुुल कलेजको अध्ययन गर्ने समयमा उनले आफ्नो कलाकारिता अगाडि बढाए। स्कुुलमा हुुने आर्ट कम्पिटिसन होस् या त्रिविमा फाइन आर्ट पढ्दै गर्दा सिकेका आर्टका सैद्धान्तिक सीप हुुन्, उनले आफूलाई परिपक्व बनाउँदै लगे। कतिपटक त परीक्षा नै हापेर चित्र कोरेर बसे। साथीसँग दृश्यावलोकनका लागि घरबाट भागेरसमेत हिँडेका छन्।

काठमाडौं वरपरको सुुन्दरताले उनलाई चित्रकारितामा परिपक्व बनायो। फेडिङ शीर्षकको उनका चित्रमा प्राकृतिक सुुन्दरता, कलात्मक ल्यान्डस्केप, डेली लाइफका मनमोहक दृश्य देख्न सकिन्छ। कुुनै चित्रमा छङछङ बगेको झरना छेउ मन्दिरको गजुुर समेटिएको छ त कुुनैमा तलाउमा कमलको फूल फुुलिरहेको, जलदेवता पानीमा विचरण गरेको दृश्य समेटिएको छ। पुुराना मठमन्दिरका आकृति, गुुजुुमुुज्ज परेका मन्दिरका गजुुर, हरिया डाँडा, लमतन्न सुुतेको चौर उनको चित्रमा दोहोरिएर देखिने दृश्य हुुन्।यस्तै ओसन सिरिजमा प्रदीपले डेढ दर्जन चित्र प्रदर्शनीमा राखेका छन्। पानीको छाल, आरोह अवरोह, समुुद्रभित्रका कलात्मक ढुुंगा, ओसन छेउछाउको मनमोहक प्राकृतिक सुुन्दरता र थुुम्कालाई प्रदीपले चित्रमा उतारेमा छन्। उनी गत वर्ष मात्रै आठवर्षे अमेरिकी बसाइ बिदा गर्दै नेपाल आएका हुुन्। अमेरिकामा जिन्दगी ठीकठाक चलिरहेकै थियो। कमाइ पनि राम्रै थियो, घरपरिवार मक्ख थिए। तर धीत मरुन्जेल रङ र कुुचीसँग खेल्ने फुुर्सद पाएनन्। नेपालमा हँुुदा काष्ठमण्डप आर्ट स्टुुडियोसँग आबद्ध भएर पूर्णकालीन आर्टमै सक्रिय प्रदीपलाई अमेरिकाको सुुखसयलले तान्न सकेन। उनी नेपाल फर्किए।

काम गर्ने सिलसिलामा उनलाई कतिपय दृश्यले छुुन्थ्यो। मोबाइलले क्याप्चर गरिहाल्थे। फुुर्सदमा क्यानभासमा उतार्थे। अमेरिकामै हुुँदा ओसन सिरिजमा बनाएका अपूर्ण चित्र नेपाल आएर पूरा गरे। अहिले यही कलेक्सन चित्र तारा आर्ट ग्यालरीमा प्रदर्शन गरेका हुुन्। डल्लुुमा सानो आर्ट स्टुुडियो स्थापना गरेका छन्। त्यहाँ उनले आर्ट सिकाउने र चित्र बनाउने काम गर्छन्। आर्टका विद्यार्थीलाई सिर्जनात्मक चित्रकारिता सिकाउँछन्।

विनोद र प्रदीपको समूह मिलेर काष्ठमण्डप आर्ट स्टुुडियो स्थापना गरेका छन्। दुुवैजना पूर्णकालीन चित्रकारितामै सक्रिय छन्। प्रदर्शनीमा ३० हजारदेखि डेढ लाख रुपियाँसम्मका चित्र समावेश छन्। प्रदर्शनी डिसेम्बर ६ सम्म सञ्चालन हुुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.