भारतीय दूतावासले मनायो ७६औं गणतन्त्र दिवस

भारतीय दूतावासले मनायो ७६औं गणतन्त्र दिवस
सुन्नुहोस्

काठमाडौं : काठमाडौंमा भारतको ७६औं गणतन्त्र दिवस मनाइएको छ। लैनचौरस्थित भारतीय राजदूतावासमा आइतबार ७६औं गणतन्त्र दिवस मनाइएको हो। सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए। उनले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरूलाई शुभकामना पनि दिए।

कार्यक्रममा भारतीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधन प्रसारण गरिएको थियो। कार्यक्रममा भारतीय समुदायका सदस्यहरूको ठूलो उपस्थिति थियो। कार्यक्रममा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५ करोड रकम वितरण गरी सम्मान गरेका थिए। 

त्यस्तै भारतीय सशस्त्र बलका २१९ जना मृतक सदस्यका श्रीमती र निकटतम नातेदारलाई २३.२९ करोड रकम पनि वितरण गरिएको थियो। जसमा आर्मी ग्रुप इन्स्योरेन्स (एजीआई) कार्यक्रमअन्तर्गत वर्ष २०२४ का लागि डेथ-इन-सर्भिस, एक्सटेन्डेड इन्स्योरेन्स र एजीआई परिपक्वता भुक्तानीलगायत समावेश छन्। राजदूत श्रीवास्तवले नेपालमा बसोबास गर्ने भूतपूर्व सैनिकहरूका लागि भारत सरकारको कल्याणकारी पहलहरू समावेश गरिएको भूपू-२०२५ पत्रिकाको पनि लोकार्पण गरेका थिए।

त्यस्तै भारतीय दूतावासले नेपालका ६ वटा प्रदेशका २९ वटा शैक्षिक संस्थाहरूलाई २३.५ लाख बराबरका पुस्तकहरु प्रदान गरेको थियो। दुर्गम क्षेत्रमा रहेका विद्यार्थीका विशेष आवश्यकता र अनुरोधअनुसार उनीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको दूतावासले जनाएको छ।  

त्यस्तै गत कात्तिक २६ देखि मंसिर २६ गतेसम्म आयोजित भारत को जानिए (बीकेजे ) क्विजमा नेपालका शीर्ष ५० स्कोररहरूलाई 'सर्टिफिकेट्स अफ अचिभमेन्ट' प्रदान गरेर सम्मान गरिएको थियो। बीकेजे क्विजको उद्देश्य विदेशी नागरिक तथा विदेशमा बस्ने भारतीय समुदायको भारतबारे ज्ञान एवं बुझाइलाई थप वृद्धि गर्ने रहेको दूतावासले जनाएको छ। पुरस्कारको अंशको रूपमा विश्वभरका क्विजका शीर्ष ३० विजेताहरूलाई यस महिनाको सुरुवातमा दुई हप्ते बीकेजे यात्राको लागि भारत आमन्त्रित गरिएको थियो। विजेताहरूमध्ये नेपालका निखिल कुमार दास पनि थिए, जसले भारतको यो विशेष यात्राको हिस्सा बन्ने मौका प्राप्त गरेको दूतावासले जनाएको छ।

त्यस्तै कार्यक्रममा नेपाल-भारत सम्बन्धमा भएको प्रगतिबारे विस्तृत जानकारी भिडियोमार्फत प्रस्तुत गरिएको थियो। कार्यक्रममा काठमाडौंको दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति देखाएका थिए। 

nullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.