अछाममा पहिलो पटक महिला भलिबल प्रतियोगिता
अछाम : अछामको साँफेबगरमा जिल्लास्तरिय खुल्ला महिला भलिबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ।लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा जिल्लामा पहिलो पटक भलिबल प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगितामा २० टिमको सहभागिता छ । हरेक वर्ष अभियानका क्रममा देउडालगायत अन्य जनचेतनामुलक कार्यक्रम गर्दै आएकोमा यसपटक भने महिला भलिबल प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता मुल आयोजक समितिका संयोजक पशुपती कुँवरले बताइन्। उनले भनिन्, ' यसपटक महिला खेलाडीको पहिचान गरी सशक्तीकरण गर्ने उदेश्यले खेलको आयोजना गरिएको हो।'
पछिल्लो समय जिल्लामा पुरुषको मात्र प्रतियोगिता हुँदै आएका छन्। यसपटक भने राष्ट्रिय महिला भलिबल खेलको आयोजना गरिएको हो। प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५ हजार, द्वितीय पुरस्कार ७५ हजार, तृतीय पुरस्कार ५० हजार र सान्त्वना पुरस्कार २५ हजार रहेको छ ।
खेल मसिर १९ गते सम्म चल्ने छ। खेलको उद्घाटन राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले गरेका हुन्। जिल्लाका १० वटै स्थानीय तहको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो।
प्रतिक्रिया दिनुहोस !